बिहिबार २३ मंसिर २०७८

एक जना प्रयोगकर्ताको खल्तीमै मोबाइल फोन प,ड्कि,ए,को छ । यो घटना भारतको राजधानी दिल्लीको हो । एक जना अटो ड्राइभरको गोजीमा रहेको ओप्पो ए ५३ स्मार्टफोन प,ड्किँ,दा उनी घाइते भएको समाचार छ । घटनाबाट घाइते भएका व्यक्तिसँग गरेको कुराकानी एक युट्युवरले सार्वजनिक गरेका छन् ।
बताइए अनुसार आफ्नो खल्तीमा मोबाइल राखेर उनी अटो चलाइरहेका थिए । तर अचानक खल्तीबाट धुँ,वा उड्न सुरु भयो र हेर्दा हेर्दै फोनमा आ,xगो लाग्यो ।

भिडिओ अन्तर्वार्तामा ती व्यक्तिले बताए अनुसार अचानक आ,xग,xला,xगी हुँदा उनी आँत्तिन पुगे र जसका कारण उनको अटो दुर्घटनामा पर्‍यो । घटनाबाट उनको दुवै खट्टामा चोट लागेको छ ।

टेक्निकल दोस्त नामक युट्युब च्यानलमा ४ जुनका दिन राखिएको भिडिओ अनुसार दिल्लीमा बस्ने ती अटो चालकले प्रयोग गर्ने ओप्पो ए ५३ स्मार्टफोनमा आगलागी भएको हो । भिडिओमा ती व्यक्तिले यस घटनाको बारेमा विस्तृत रुपमा उल्लेख गरेका छन् ।

जीतु नाम गरेका ती व्यक्तिका अनुसार उनले नौ महिना अघि उक्त फोन खरिद गरेका थिए । उनले फोनको साथमा आएको सक्कली चार्जर नै प्रयोग गर्दै आएका थिए । फोनमाथि कुनै प्रकारको दबाब समेत नपारेको उनले बताएका छन् । फोन हेर्दा समेत त्यसको ब्याट्रीबाट आगो लागेको देखिन्छ ।

हालसम्म ओप्पोको तर्फबाट यो घटनालाई लिएर कुनै पनि आधिकारिक धारणा आएको छैन । ओप्पोले गत वर्षको अगस्तमा ओप्पो ए ५३ स्मार्टफोन सार्वजनिक गरेको थियो । ५००० एमएएच क्षमताको ब्याट्री रहेको यो फोनमा १८ वाट फास्ट चार्जिङको सपोर्ट दिइएको छ ।


Last Updated on: September 29th, 2021 at 5:23 pm
२१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया