बिहिबार २३ मंसिर २०७८

अमेरिकाको ला’स भेगसमा ६ वर्षका विद्यार्थीले विद्यालयको लागि तस्बिर खिचाउने समयमा पनि मास्क खोल्न मानेनन्। यो घ ट ना यतिबेला विश्वभर भा’इरल भएको छ।

एक कक्षामा पढ्ने ६ वर्षका म्याजन पिपल्सले विद्यालयमा आईडीकार्डको लागि फोटो खिचाउँदा मास्क खोल्न नमानेका हुन्। यतिबेला उनको आज्ञाकारी छोरा भनेर चर्चा भइरहेको छ। उनकी आमाले छोरालाई विद्यालयमा खाजा खानेबेला मात्र मास्क खोल्नु भनेका रहेछन्।

जसका कारण उनले विद्यालयमा शिक्षक तथा फोटोग्राफरको मास्क खोल्नुपर्ने आग्रह मानेनन्। डेली मेलका अनुसार फोटोग्राफरले फोटो खिचाउँदा मास्क खोल्दा हुन्छ भन्दा बालकले भनेका थिए,‘नाई मेरो आमाले मास्क नखोल भन्नु भएको छ। खाजा खाँदा मात्र मास्क खोल्नु भन्नु भएको छ। त्यसैले म मास्क खोल्दिन।’

बालकले मास्क खोल्न नमानेपछि उनले मास्क लगाएकै तस्बिर खिचिएको छ। जुन यतिबेला भाइरल भइरहेको छ। आमाको आज्ञाकारी छोरा म्याजनको लागि यतिबेला सहयोग कार्यक्रम संचालन गरिएको छ।

जसमा हालसम्म १८ हजार अमेरिकी डलर रकम संचालन भएको बताइएको छ।


Last Updated on: September 30th, 2021 at 10:35 am
१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया