बिहिबार २३ मंसिर २०७८

एक १६ वर्षीय किशोरले पब्जी खेल्नका लागि आफ्नो आमाको बैंक खाताबाट १० लाख रुपैयाँ चो,रे,का छन् । भारत मुम्बईंमा ती किशोरले पब्जी खेल खेल्नकमा लागि बैंकबाट १० लाख रुपैयाँ चो,रे,का हुन् । मुम्बई प्रहरीका अनुसार यो घटना बुधवारको हो ।

किशोरको बुवाका अनुसा, विगत एक महिनादेखि उसलाई पब्जीको लत बसेको थियो । मोबाइल फोनमा दिनभर उसले पब्जी खेल्ने गरेको थियो । बैंकबाट रकम निकालेर उ घरबाट निक्लिएर बे,प,त्ता भएको छ । घरबाट भागेका ती किशोरलाई बिहीवार दिउसो महाकाली इलाकाबाट प,क्रा,उ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि पनि पब्जी खेलमा बुवा आमाको २७ लाख रुपैया डुवाएका एक युवक ग्यारेजमा काम गर्न बाध्य भएको समाचार आएको थियो । बुवा आमाले छोराको लागि भन्दै जम्मा गरेको २७ लाख रुपैया उनले पब्जीमा डुबाएका थिए । यो घटना भारतको हो ।

सरकारी जागीरमा रहेका उनका बुवा आमाले धेरै वर्ष काम गरेको पैसा बैंकमा जम्मा गरेका थिए । समाचार अनुसार इन एप पर्चेजेज तथा अपग्रेडिङका लागि मात्र १६ लाख भारु रुपैया खर्च गरिदिए ।

बुवा आमाले चलाउने बैंकको एकाउण्ट पनि इन्टरनेट मार्फत पहुच बनाएका उनले त्यती धेरै रकम स्वाहा पारिदिएका थिए । बुवा आमाको ३ वटा बैंक एकाउण्टवाट उनले पैसा सकिदिए । पब्जी मोबाइलमा लत बसेका उनले एपमै पैसा खर्चका लागि बुवा आमाको तिनैवटा अकाउन्टको प्रयोग गरे ।


Last Updated on: September 30th, 2021 at 11:20 am
१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया