शुक्रबार १७ मंसिर २०७८

इडिभी परेर भिसा लिनको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा मंगलबार चितवन घर भई काठमाडौंको कलंकी बस्ने३६ वर्षीय जीवन कार्की, चितवन खैरेनीका ३१ वर्षीय नविन दराई र रौतहट घर भई कोटेश्वर बस्ने ३२ वर्षीय शिव रोक्कालाई महानगरीयअपराध महाशाखा काठमाडौंले प,क्रा,,उ गरेको हो।

सन् २०२१ को इडिभीमा उनीहरूको नाम निस्किएको पछि भिषा प्रक्रियाको लागि आवश्यक कक्षा ११ र १२ पासको शैक्षिक योग्यताचाहिने भएपछि आफुहरुसंग शैक्षिक योग्यता नभएपछी त्यसको लागि उनीहरूले नक्कली शैक्षिक प्रमाणपत्र बनाउनको लागी प,क्रा,उ,परेकामध्ये नविन दराईबाट एक लाख ७० हजार रूपैयाँ लिएर जीवन कार्कीले प्रमाणपत्र बनाएको खुलेको प्रहरी अनुसन्धानले जनाएकोछ।

प्राप्त सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई महाराजगन्जबाट प,क्रा,उ गरेको हो।थप अनुसन्धानको लागि उनीहरूलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा बुझाइएको छ।[][]

 

कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो। कति बयस्कमा यसको लम्बाई १५ सेमी (लगभग ६ इन्च) हुन्छ। यो नै शरीरको सबैभन्दा गरुङ्गो अंग पनि हो, जसको तौल सावा किलोदेखि डेढ किलोसम्म हुन्छ। यो हाम्रो पेटको दाहिने भागमा हुन्छ।

के काम गर्छ ?

यसले शरीरमा ५ सयभन्दा बढी काम गर्छ। यसको मूख्य काम चाहि पाचन नलीबाट आउने रगतलाई शुद्धिकरण गरेर पुरै शरीरमा संचार गराउने हो।

रगतलाई शक्तिमा बदल्ने काम पनि कलेजोले गर्छ । हामी जे औषधी सेवन गर्छौ, त्यसलाई पनि यसैले शरीरमा संचार गराइदिन्छ। तर, यति महत्वपूर्ण कलेजोलाई कसरी रक्षा गर्ने भन्ने कुरामा हामी खासै ख्याल राख्दैनौ।

कलेजोमा क्यान्सर कसरी हुन्छ ?

धेरै मदिरा सेवन गर्दा लिभर सिरोसिस नामक रोग लाग्न सक्छ, जो क्यान्सरमा बदलिन्छ। हेपटाइटिस बि र सिको कारण कलेजो चाडै कमजोर हुन्छ र त्यसले क्यान्सर पनि निम्त्याउँछ।

डाइललिसस गर्ने व्यक्तिको इन्फेक्सनको कारण कलेजोको क्यान्सर हुने संभावना बढी हुन्छ। मधुमेहको कारण नन अल्कोहलिक फ्याटी लिभर नामक रोग लाग्न सक्छ, जो क्यान्सरको कारण बन्न सक्छ। मोटोपनको कारण कलेजोमा बोसो जम्छ। यसले पनि क्यान्सरको जोखिम बढाउँछ।

कसरी थाहा पाउने ?

पेटको माथिल्लो दाहिने भागमा लगातार पीडा हुनु कलेजोको क्यान्सरको लक्षण हो। भोक नलाग्नु, अचानक तौल घट्नु पनि कलेजोको क्यान्सरको लक्षण हुनसक्छ।

कलेजोको क्यान्सरको कारण पेटमा पानी जम्न थाल्छ। कलेजोको क्यान्सरको कारण शरीरमा पहेंलोपन बढ्छ। नियमित रुपमा ज्वरो आइरहन्छ । महिनौंसम्म उपचारपछि पनि निको हुँदैन।

 


Last Updated on: September 30th, 2021 at 11:29 am
६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया