बिहिबार २३ मंसिर २०७८

चो,रीमा संलग्न मेचीनगरका दुई जना युवा प,क्रा,उ परेका छन् ।प,क्रा,उ पर्नेहरुमा मेचीनगर १३ बस्ने २३ वर्षिय संजय विश्वकर्मा र सोही ठाउँका २४ वर्षिय प्रवेश सुन्दास रहेका छन् ।

गत असोज ९ गते विहानको राति मेचीनगर १३ चारआलीस्थित ग्लोवल आईएमई बैंकको अगाडि ताला नलगाएको सटरभित्र रहेको आल्मुनियम वाललाई भ,त्का,ए,र ल्यापटप १ थान, टिभी १ थान, कम्प्युटर मोनिटर १ थान र सिसि क्यामेरा १ थान चो,री भएको थियो ।

ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटिएर सुक्ष्म रुपमा अनुसन्धान गर्ने क्रममा र चारआली चौक÷बजार एरियामा जडान गरिएको सिसी क्यामेराको फुटेज हेर्दा १ जना व्यक्ति क्याप लगाई सामानहरु चोरी गरी लाँदै गरेको देखिएको थियो ।

हुलियाको आधारमा खोजतलास गर्दै जाँदा उनीहरु पक्राउ परेका हुन् । नियन्त्रणमा लिई सोधपुछ गर्दा आफूहरुले ती सामान चो,री गरेको कुरा उनीहरुले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई थप अनुसन्धान भईरहेको थापाले जानकारी दिएका छन् ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । बिहान १० बजेका लागि बैठक बोलाइए पनि केहीबेर ढिलो गरी बैठक सुरु भएको हो ।

संघीय संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले बिहीबार बिहान संसद्मा प्रतिनिधित्व गर्ने एमालेबाहेक सबै दलका शीर्ष नेता सहभागी भएका हुन्। सर्वदलीय बैठकमा संसद्को गतिरोध अन्त्यसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ।

बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव वेदुराम भुसाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल,नेमकिपाबाट प्रेम सुवाल सहभागी छन् ।

सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्ष दल एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेको छ। बैठकमा एमाले सहभागी नभएको एमालेका पूर्वकानुन मन्त्री एवम् कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीलाई समेत बोलाइएको भन्दै एमाले बैठकमा सहभागी नहुने भएको हो । आफूले कारबाही गरेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालेले गएको भदौ २३ गतेदेखि सङ्घीय संसद्का बैठकहरुमा निरन्तर अवरोध गर्दै आएको ।

यस अगाडि संसद्को अवरोध अन्त्यका लागि सभामुख अग्नी सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो। सभामुखसँगको विषय भएकाले एमालेसँग मात्र वार्ता गरे हुने र अरु दललाई राख्न नपर्ने जिकिर गर्दै बैठक बहिस्कार गरेको हो।

सर्वदलीय छलफलमा संसद्को गतिरोध अन्त्यसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ।

 


Last Updated on: September 30th, 2021 at 11:38 am
१११ पटक हेरिएको

तपाईको प्रतिक्रिया