सोमबार २० मंसिर २०७८

अफगान सरकारी अधिकारीहरूले संयुक्त राज्य अमेरिकालाई अफगान आकाशमा पाइलटविहीन ड्रोन गस्ती रोक्न आग्रह गरेका राज्य संचालित बख्तर न्यूज एजेन्सीले मङ्गलबार जानकारी गराएका छन्।

अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी संयुक्त राज्य अमेरिकाले अफगान सरकारप्रति आफ्नो प्रतिबद्धतालाई ध्यान दिनुपर्ने र अफगान आकाशमा अतिक्रमण गर्न नहुने नाम उल्लेख नगर्ने शर्तमा अफगान अधिकारीले बताएको उक्त समाचार संस्थाले बताएको छ।

अधिकारीहरूले हालै अमेरिकाले अफगानिस्तानको हवाई आकाशमा ड्रोन गस्ती गरेर अफगानिस्तानको सार्वभौमिकताको उल्लङ्घन गरेको बताए। तिनीहरूले अन्तरराष्ट्रिय कानुनअन्तर्गत सबै देशहरू आफ्नो राज्यको ‘क्षेत्रीय तथा वायु सार्वभौमिकताको एक मात्र मालिक’ हुन् भनी जोड दिए।

“अफगानिस्तानको एकमात्र कानुनी संस्थाको रूपमा अफगानिस्तानको इस्लामिक इमिरेट अफगानिस्तानको भूमि र हवाई क्षेत्रको संरक्षक हो; तर संयुक्त राज्य अमेरिकाले हालै कतारको दोहामा इस्लामिक इमिरेटप्रति गरिएका सबै अन्तर्राष्ट्रिय कानुन र संयुक्त राज्य अमेरिकाको प्रतिबद्धताको उल्लङ्घन गर्दै कारबाही गरेको छ,” अधिकारीहरूले भनेका छन्। यस्ता उल्लङ्घनहरूलाई रोक्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

संयुक्त राज्य अमेरिका नेतृत्वको पश्चिमी सैनिक गठबन्धन (नाटो) सहयोगमा अफगानिस्तामा तालिवान समूहलाई विस्थापित गरी करिब २० बर्ष अफगान अधिकारीहरूलाई शान्ति स्थापनाका लागि सहयोग गरेको अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस) लडाकूहरूले गतिविधि सञ्चालन गर्नसक्ने कुरालाई ध्यानमा राख्दै कतारबाट अफगानी भूमिको गतिविधिलाई नियालीरहेको अफगान अधिकारीहरूले बताएका छन्।

 

यदि यी लक्षण देखिएमा तुरुन्त पि,सिआर टेस्ट गर्नुहोला नत्र ज्या`नै जान सक्छ ! यसपटकको नयाँ प्रजातिको म,हामारी गतसालको जस्तो सामान्य छैन । ज्व,रो आउने, खो,की लाग्ने, शरीर दु,ख्ने, स्वाद र गन्ध हराउने, प,खाला वा र बा,न्ता हुने,एकदम थ,कान हुने, नि,द्रा लागिरहने, छालामा बि,मिरा आउने, आँखा रा,तो हुनेमध्ये केहि लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला ।

यसपटक परिवारमा एकजना सं,क्रमित भएमा सबै सं,क्रमित हुने अवस्था छ त्यसैले कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला । सं,क्रमणको शं,का लागेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला । सहेर वा हेरौं भनेर अलमल नगर्नुहोला। जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ।

१) पिसिआर पोजिटिभ आएमा गतसाल जस्तो सप्लिमेन्ट ( भिटामिन वा इम्युन बुस्टर ) खाएर ढुक्क नहुनुहोला । यसपटक छिटो को- भिड नि,मोनिया हुने भएकोले तुरुन्तै नजिकको को- भिड अस्पतालको फि-भर क्लिनिकमा जानुहोला ।

त्यहाँ चिकित्सकले तपाइंलाई परीक्षण गरेर आबश्यकता अनुसार छातीको एक्स रे, रगतको जांच तथा सिटि स्क्यान गर्ने सल्लाह दिनुहुन्छ । यदि तपाइंको अवस्था खराब छ भने उहाँहरुले औषधि वा भर्नाको लागि सल्लाह दिनुहुनेछ । उहाँहरुको सल्लाह अक्षरस पालना गर्नुहोला ।

२) लामो समय ज्व,रो आयो, खो,की लाग्यो, सास फेर्न गा,ह्रो भयो, खाना खान गा,ह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला । यो अवस्थामा तपाईंलाई छातीमा सं,क्रमण भएको बुझ्न सकिन्छ । जति छिटो अस्पताल पुग्यो त्यति छिटो भर्ना हुन् नपर्ने एबम सजिलोसंग निको हुने अवस्था हुन्छ ।

३) गतसाल सं,क्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई सं,क्रमण हुनसक्छ । प्रजाति फरक भएकोले गाह्रो हुन सक्छ । मैले खोप लगाएको छु वा पोहोरको एन्टिबोडीले काम गर्छ भनेर लापरबाही नगर्नुहोला । अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला । ४) बालबालिका तथा युवालाई केहि हुँदैन भनेर घरमा नबस्नुहोला । यसपटक बालबालिका र युवाको संक्रमण दर, गम्भीर हुने दर तथा मृ- त्युदर गतसालको भन्दा धेरै छ ।

५) अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नु भयो भने अक्सिजनको स्तर केहि बढ्दछ त्यसैले पेटको बलमा घो,प्टो परेर सुत्नुहोला । ६) अस्पताल प्याक छन् भनेर नआत्तिनुहोला । अस्पताल जाँदैमा सबै भर्ना हुनु पर्दैन । प्याक भएका अस्पतालले अस्पताल बाहिर समेत अक्सिजन दिएर उपचार गरिरहेका छन् ।

७) चिकित्सकको सल्लाह बिना आफै अ,क्सिजन लगाएर घरमा नबस्नुहोला । अ,क्सिजन उपचार हैन । नि,मोनिया वा अन्य छातीको सं,क्रमणको औषधि चलाउँदै अ,क्सिजन लगाउनुपर्छ । अ,क्सिजनको मात्रा चिकित्सकको सल्लाह अनुसार मात्र थपघट गर्नुपर्छ ।

८) औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुनसक्छ । एकजनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई निको नहुन सक्छ । तसर्थ स्वास्थ्यकर्मी बाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्नुहोला । कुनै पनि औषधिले को- रोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो गलत हो ।

९) प्रतिरोध क्षमता बढाउनको लागि जथाभावी आयुर्बेद औषधि नखानुहोला । सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारस अनुसार मात्र आयुर्बेद औषधि सेवन गर्नुहोला । आयुर्बेद औषधिले को- भिड निको हुँदैन । तपाइंको स्टामिना बढाउँछ । यस्तो बेला सबै चिकित्सा पद्दतिको एकीकृत उपचार प्रभावकारी हुन्छ ।

 

 


Last Updated on: September 30th, 2021 at 12:18 pm
२२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया