शनिबार १८ मंसिर २०७८

इटालियन क्लब युभेन्टसले युरोपियन च्याम्पियन्स लिगमा साविक विजेता चेल्सीलाई हराएको छ । बुधबार भएको समूह चरणको दोस्रो खेलमा युभेन्टसले चेल्सीलाई १–० गोलले हराएको हो ।

युभेन्टसको घरमा घरेलु टिमलाई जिताउन फेडेरिको चिसाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४६औँ मिनेटमा चिसाले गरेको गोल नै युभेन्टसको जितमा पर्याप्त बन्यो ।

जितसँगै युभेन्टस दुई खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लियो । चेल्सी भने तीन अङ्कसहित दोस्रो स्थानमा छ ।

 

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले केही समय अगाडि पल्सर सिरिजको सबैभन्दा कान्छो पल्सर १२५ को बिक्री सुरु गरेको थियो । यसलाई ग्राहकले मासिक ६ हजार २५५ रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सक्ने छन् ।

हालै मात्र कम्पनीले ल्याएको नयाँ योजनामा यो मोटरसाइकल ग्राहकले विभिन्न तीन स्कीममा खरिद गर्न सकिने छ । कम्पनीले नगद छुट, शून्य प्रतिशत व्याज तथा २० प्रतिशत डाउन पेमेन्ट जस्ता स्कीम रहेको छ । यो मोटरसाइकलको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ ।

४० प्रतिशत डाउन पेमेन्ट गरेर किन्दा ग्राहकले यो मोटरसाइकलमा १२ हजार नगद छुट प्राप्त गर्ने छन् । दुई बर्षको अवधिमा किस्ता चुक्ता गर्नु पर्ने यो योजनमा १६ प्रतिशत व्याज लाग्ने कम्पनीले जनाएको छ ।

यसैगरि शुन्य प्रतिशत व्याजदरमा मोटरसाइकल खरिद गर्दा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यस्तै ग्राहकले बजाज पल्सर १२५, २० प्रतिशत मात्र डाउन पेमेन्ट गरेर समेत खरिद गर्न सक्नेछन् । यो योजनामा ग्राहकले मोटरसाइकल खरिद गर्दा बाँकी रकम २ बर्ष भित्र तिर्नु पर्ने हुन्छ । यो योजनमा ग्राहकले १७ प्रतिशत व्याजदर तिर्नु पर्ने छ ।

 


Last Updated on: September 30th, 2021 at 1:09 pm
६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया