शुक्रबार १७ मंसिर २०७८

नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युब च्यानलमार्फत महिलाको च,रि,त्रह,x त्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गरेको अभियोगमा चार जनालाई प,क्रा,उ गरेको छ ।

प,क्रा,उ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने प्रदीप भण्डारी, हरेक पलको खबर च्यानलका सञ्चालक नुवाकोट घर भई नेपालटार बस्ने शिशिर अधिकारी, सराईचुली मिडिया च्यानलका सञ्चालक मोरङ घर भई पेप्सिकोला बस्ने पिकला कार्की, मोडर्न अनलाइन टिभी सञ्चालक दोलखा घर भई गोकर्णेश्वर बस्ने रोधन तामाङ रहेका छन् ।

युट्युब च्यानलबाट पीडित महिलाको तस्विरसहित च,रि,त्र ह,x त्या हुने तथा इ,ज्ज,त प्रतिष्ठामा आँच पुऱ्याएर घृ,णा वा द्वे,ष फैलाउने सामाग्रीहरु प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले जिल्ला अदालतबाट अनुमति लिएर प,क्रा,उ गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

उनका अनुसार जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको छ ।

 

मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिन्छ । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ पनि हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । प्राचिन काल देखिनै यस्को औषधीय गुणका कारण तरकारी तथा औषधीको रुपमा प्रयोग गरिंदै आएको छ ।

मेथीदानाको उपयोग स्वादको लागी मात्र किचनमा प्रयोग नभई कयौँ मानिसहरू स्वास्थ्य लाभका लागी पनि यसलाई औषधीको रूपमा प्रयोग गर्ने गर्छन । यदि तपाई पनि स्वास्थ्यको लागी मेथिदाना खानुहुन्छ भने यसबाट हुने नोक्सान बारे पनि अवश्य जानकारी राख्नुहोस् ।

१) यो आवश्यक छैन कि मेथिदाना सबैको लागी फाइदायुक्त छ । केही मानिसका लागी यो नोक्सानदायक पनि हुन्छ । विशेषगरी जो मानिसहरू ब्लडशुगर वा डायबिटीजको रोगी हुन्छन् उनीहरूले यसको सेवन सावधानीपूर्वक गर्नुपर्दछ किनभने यसले शुगरको स्तरलाई प्रभावित गर्छ ।

२) कयौँ पटक यसलाई खाँदा पेटमा समस्या पनि हुन्छ । जस्तै पेटमा ग्याँस बन्नु, खट्टो डकार आउनु आदि । यसबाट बँच्नको लागी यसको मात्राको विशेष ध्यान राख्नुहोस् ।

३) कयौँ पटक मेथीदाना खानाले त्वचा सम्बन्धी समस्या पनि हुनसक्छ त्वचामा सूजन वा दुखाई जस्ता समस्या पनि यसको सेवन गर्नाले हुनसक्छ ।

४) यो गरम प्रकृतीको हुन्छ । यसबाट मूत्र सम्बन्धी समस्या पनि हुनसक्छ । मूत्रमा अनौठो गन्ध आउने वा अन्य समस्याबाट बँच्नको लागी यसको प्रयोग सोच-विचार गरेर गर्नुहोस् ।

५) गर्भवती महिला र नवजात शिशुको आमाले यसको प्रयोगमा सावधानीपूर्वक सचेत रहनुपर्दछ । यसबाट पखाला जस्ता समस्या हुनसक्छ ।

 


Last Updated on: September 30th, 2021 at 1:42 pm
१४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया