बुधबार १० आश्विन २०८०

यो समाचारको अन्त्यमा राखिएको छ भिडियो पुरा हेर्नुहोला । सिधा कुरा जनतासँग कार्यक्रम प्रस्तोतामा सम्झनाको इन्ट्री: काठमाडौं / न्युज २४ टेलिभिजनबाट बिगत ४ बर्षदेखि सञ्चालनमा आएको लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रम प्रस्तोतामा नयाँ प्रस्तोता सम्झना भुजेलको इन्ट्री भएको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

Best Car Manufacturers In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

७ भाइ छोरा तीन छोरी जङ्गलमा पाएर जङ्गल मै हुर्किए ,यतिधेरै सन्तान हुदापनि …
सञ्चारकर्मी रवि लामिछानेले गत बिहिवार न्युज २४ बाट बाहिरीए सँगै नयाँ प्रस्तोता भुजेलले आइतबारको कार्यक्रम सञ्चालन गरेका हुन ।
काठमाडौं,माघ ११ | चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई लिएर न्यूज २४ टेलिभिजन र सञ्चारकर्मी रवि लामिछानेबीच विवाद सुरु भएको छ । रविले बिहीबार न्यूज २४ सँगको करिब पाँचवर्षे सहकार्य टुङ्ग्याएसँगै

कपिराइटको विवाद उब्जेको हो ।
रविले ‘सिधा कुरा’ केही समयको विश्रामपछि नयाँ सोच र स्वरुपमा आफूले पुनः सञ्चालन गर्ने टेलिभिजन स्क्रिनबाटै घोषणा गरेका थिए । उनले फेरि छिट्टै आउने भन्दै शनिवार सामाजिक सञ्जालबाट ‘सिधा कुरा’ का लागि नयाँ सम्पर्क नम्बरसमेत सार्वजनिक गरेका छन् ।
उता, न्यूज २४ टेलिभिजनले भने ‘सिधा कुरा’को प्रसारण स्थगित भएको भन्ने लामिछानेको भनाइप्रति आपत्ति जनाउँदै कार्यक्रम निरन्तर र नियमित हुने बताएको छ ।
‘रविजी कार्यक्रमको प्रस्तोता मात्रै हो, प्रस्तोताले संस्था छोड्ने वित्तिकै कार्यक्रम स्थगित वा बन्द हुँदैन’ न्यूज २४ टेलिभिजनका महाप्रबन्धक सुधीर राजभण्डारीले भने, ‘नियमित तालिकाअनुसार कार्यक्रम प्रसारण हुन्छ, रोकिन्न ।’
न्यूज २४ मा ‘सिधा कुरा’ साताको तीन दिन (आइत, मंगल र बिहीबार) राति ८ः ४५ बजे प्रसारण हुन्थ्यो । नयाँ प्रस्तोताको खोजी गरिरहेको टेलिभिजन आज आइतबारसहितका केही श्रृंखला उपलब्धबाटै सञ्चालन गर्ने तयारीमा छ । तर, लामिछानेसँग दाँजिने र उनका शुभेच्छुकले चर्को आलोचना गर्न सक्ने भएकाले उपलब्ध प्रस्तोता चर्को दबाबमा रहेको न्यूज २४ का एक डेस्क एडिटरले बताए ।यता, लामिछानेले भने न्यूज २४ ले ‘सिधा कुरा’ सञ्चालन र प्रसारण गर्न नसक्ने दाबी गरेका छन् । ‘सिधा कुरा’को कानूनी अधिकार आफूसँग सुरक्षित रहेको भन्दै उनले आफ्नो सहमति र सहभागिता विना कसैले पनि लहडका भरमा कार्यक्रम सञ्चालन गर्न नसक्ने दाबी गरे ।


Last Updated on: May 13th, 2021 at 7:31 pm
१२८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया