शनिबार १८ मंसिर २०७८

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डमा बुधबार बिहान बलेरो जीप दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ च ४३२६ नम्बरको बलेरो जीप तिनाउ–३, झुम्सास्थित पानीमिल नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी दुई जना घाइते भएको स्थानीय बासिन्दा कृष्ण पाण्डेले जानकारी दिए । घाइतेको उद्दार गरी उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बुटवल उपमहानगरपालिका–२, बस्ने २८ वर्षीय ज्ञानबहादुर दर्लामी (चालक) र सोही स्थानका २२ वर्षीय रोहित सिंजाली रहेको दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक प्रहरी विष्णुबहादुर कुँवरले जनाएका छन् ।

दुबै जनाको अवस्था मध्यम् रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान ७ बजेतिर भएको प्रहरीले जनाएको छ।

 

अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ।

तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन्।

यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो। तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता ह,त्याएपछि गएको अगष्ट १५ पछि भारतले ती सबै उडानहरु बन्द गरेको थियो।

तालिबानहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरु देशहरुले पनि यसरी हवाई उडानहरु रोकेका थिए। तर पाकिस्तानले भने केही दिन अघिदेखि इस्लामावाद काबुल उडानलाई पुनः सञ्चालनमा ल्याएको छ।

भारतजस्तै अरु कतिपय देशहरुले अहिले पनि उडान पुनः सञ्चालनमा ल्याएका छैनन्।

 


Last Updated on: September 30th, 2021 at 2:37 pm
१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया