आइतबार १९ मंसिर २०७८

इटहरी २० तरहराकी २३ बर्षीय मनकला खत्रीको दुई वटै किड्नी फेल भए पछि समस्यामा परेकी छिन ।

आर्थिक अवस्था कमजोर भएका कारण परिवारमा समस्या भईरहेकोले आफुलाई बचाउन उनले अपिल गरेकी छिन । मृगौलामा समस्या देखिएपछि उपचार गरेर घर फर्किएकी थिइन् ।

अहिले दिन बिराउदै अस्पताल लानुको विकल्प नभएको परिवारले जनाएको छ । तिन बर्ष अगाडि विवाह भएको उनको दुई बर्षकी छोरी छन । अब मृगौला प्रत्यारोपण गर्नुपर्ने भएका कारण आफुलाई आर्थिक अभाव भएकोले आफुलाई बचाउन आग्रह गरेकी हुन ।

दुवै मिर्गौला फेल भए पछि उनलाई बचाउन मनकला खत्री बचाउ अभियान नै सन्चालन गरेर लागि परेको युवा अभियान्ता सबिन भट्टराईले बताए । अहिले सम्म पाँच लाख भन्दा बढी रकम सहयोग वापत उठीसकेको अभियान्ता भट्टराईले बताए ।

नेपाली काँग्रेस इटहरी २० वडा सभापति अर्जुन बस्नेत लगायतले किड्नी फेर्नको लागि अभियान चलाईरहेका छन ।

No description available.


Last Updated on: September 30th, 2021 at 2:47 pm
१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया