आइतबार १९ मंसिर २०७८

रोल्पामा भिरबाट ल,डे,र वितेको एक वर्षमा २५ जनाको मृ,x त्यु भएको छ । भौगोलिक विकटताका कारण रोल्पामा भिरबाट ल,डे,र बर्सेनि ठूलो मानवीय क्षति हुने गरेको छ ।

विभिन्न ठाउँमा भएका अलग अलग घटनामा २५ जनाको मृ,x त्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।

यस्तै चालु आर्थिक वर्षको साढे २ महिनामा मात्रै रोल्पामा भिरबाट ल,डे,र चार जनाको मृ,x त्यु भइसकेको छ।

मृ,x त्यु हुनेमा धेरैजसो जाँडरक्सी खाएर हिँड्नेहरु रहेका प्रहरीले जनाएको छ । घाँस दाउरा र मेलापात गएकाहरूको समेत भिरबाट ल,डे,र मृ,x त्य भएको छ।

 

काठमाडौं । स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ ।

विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल कन्याम र कुटीडाँडाबाट असोज २१ देखि २९ गतेसम्म पाथीभरा दर्शनका लागि लैजाने भएको हो ।

सीता एयरका स्टेसन मेनेजर तथा माउन्टेन हेलिकप्टरका कोअडिनेटर राम अधिकारीका अनुसार, दशैँमा पर्यटकलाई पाथीभरा लैजान टिकट बुकिङ खुला गरिसकेको छ ।

अधिकारीले कन्याम र कोल्बुङ क्षेत्रबाट दिनमा दुई पटक उडान भरिने जानकारी दिए । मौसमको अनुकुलता हेरेर कन्यामबाट र त्यहाँबाट नसके कुटीडाँडाबाट दिनमा दुई पटक उडान भरिने भएको छ ।

कन्याममा प्राय कुहिरो लागिरहने गर्दछ । अधिकारीका अनुसार एक पटकमा पाँचजना पर्यटक बोक्ने क्षमता भएको माउन्टेन हेलिकप्टरले कन्याम–पाथीभराको प्रतिव्यक्ति भाडादर ३५ हजार तोकेको छ ।

कन्यामबाट ३५ मिनेटमा पाथीभरा पु(याएर एक घण्टासम्म पाथीभरा दर्शन गराएर उक्त हेलिकप्टरले पर्यटकलाई कन्याम ओराल्ने जनाएको छ ।

स्टेसन मेनेजर अधिकारीले भने, ‘पाथीभरा दर्शनमा जाने बिरामी, अशक्त र पर्यटकलाई मध्यनजर गरी सेवा सुरु गरेका हौँ, उनले भद्रपुरभन्दा कन्यामबाट भाडादर सस्तो भएको जानकारी दिए ।

राजमार्ग भएर पाथीभरा पुग्न सवारी निक्कै कठिन पर्ने गरेको छ । ताप्लेजुङको सुकेटार विमान स्थलबाट एक दिनको पैदलयात्रा गरेपछि मात्र पाथीभरा पुग्न सकिन्छ ।

विजया दशमीको अवसर पारेर कन्यामबाट पाथीभरा, पाँचथरको तिम्बुङपोखरी र ताप्लेजुङको सुकेटार विमान स्थलबाट पनि सोझैं पाथीभरा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

कन्यामबाट पाथीभरा गएको समय बाहेक सो हेलिकप्टरले स्वदेशी पर्यटकको रोजाईमा परेको कन्याम, अन्तु फन फ्लाईटको व्यवस्था मिलाएको छ ।

कन्यामबाट तीन हजार पाँच सयमा अन्तुसम्मको फन फ्लाईट गराइने स्टेसनम्यानेजर अधिकारीले जानकारी दिएको खबर आजको गोरखापत्र दैनिकमा छ ।

 


Last Updated on: September 30th, 2021 at 3:18 pm
१२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया