शनिबार १८ मंसिर २०७८

जिल्ला अदालत कास्कीले धर्म परिवर्तन गराएको आ,रो,प,मा ४ जना कोरियाली नागरिकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

पोखराको पृथ्वीचोकस्थित अन्ना पाउल गेष्टहाउसका सञ्चालक पार्क ब्योंकसुक, किम हिङकुङ, लि जिओनगा र किम युङहिलाई सोमबार अदालतले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको हो।

कोरियाली नागरिकमाथि गेष्टहाउसमा मानिसहरू जम्मा गरेर खाजा खुवाउने, भजनकिर्तन गर्ने, आर्थिक सहयोग र उपचार खर्च, बालबालिकालाई निःशुल्क विद्यालय पढाउने, चर्चमा लैजाने र धर्म परिवर्तन गराएको आ,रो,प स्थानीयले लगाएका थिए।

कतिपय किशोरकिशोरीलाई ट्युसन पढाउने क्रममा क्रिश्चियन धर्मसम्बन्धी काम गर्ने, बाइबलका श्लोक र भजन गाउन लगाउने आरोप लागेपछि भदौ २९ मा प्रहरीले उनीहरुलाई प,क्रा,उ गरेको थियो ।

 

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले संघको आगामी नेतृत्वको लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

अक्टोवरमा हुने संघको १० औं महाधिवेशन तथा विश्वसम्मेलनले नयाँ नेतृत्व चयन गर्दैछ ।

यसअघि विभिन्न मिडियामार्फत अध्यक्षमा उम्मेदवारी दिने बताएपनि डा. केसीले आफ्नो टिमसहित उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

‘समृद्धि र रुपान्तरण, हाम्रो साझा’ अभियान भन्ने नारासहित सशक्त टिम निर्माण गरेका डा. केसीले आगामी मंगलबार (अक्टुबर ५) मा काठमाण्डौंमा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गर्न लागेका हुन । पत्रकार सम्मेलन मार्फत आगामी दुई वर्षे कार्यकालका लागि आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गर्ने डा. केसीले जनाए ।

केसीले आफ्नो टिममा उपाध्यक्षका रुपमा डा. हेम राज शर्मा (युके), महेश कुमार श्रेष्ठ (जापान), डिबी क्षेत्री (ओमान), धर्मराज अधिकारी (अष्ट्रेलिया) यसमिन बेगम सैयद (साउदी अबर) लाई अघि सारेका छन् ।

युवा उपाध्यक्षमा रोसन थापा (अफ्रिका) र महासचिवमा गौरी राज जोशी (अमेरिका), यस्तै सचिवमा रामशरण सिमखडा (युके), ओम गुरूङ (जापान) चिरन्जीबी घिमिरे (क्यानाडा) महिला सचिव टिका गुरूङ (हङकङ), कोषाध्यक्षमा लोक प्रसाद दाहाल, (बेल्जियम), महिला सहकोषाध्यक्ष यमुना भट्टराई (अमेरीका) केसीको पक्षमा उभिएका छन् । त्यस्तै, महिला संयोजक संगिता मरहट्टा र युवा संयोजक मिलन छन्त्याल केसीको टिमबाट उम्मेदवार बनेका छन् ।

 

 

 


Last Updated on: October 1st, 2021 at 10:48 am
१११ पटक हेरिएको

तपाईको प्रतिक्रिया