बिहिबार ११ आश्विन २०८०

नेपाली काँग्रेस बाजुराका कार्यकर्ताले नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स तोडफोड गरेका छन् ।

काँग्रेस बाजुराको जिल्ला अधिवेशनमा प्रदेश (ख) मा निर्वाचनको मतगणना स्थल बनाएको बडिमालिका नगरपालिकाको गेटभित्र राखिएको एम्बुलेन्समाथि तोडफोड भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार काँग्रेस कार्यकर्ताले एम्बुलेन्सको अगाडिको सीसा फुटाइदिएका छन् ।

घटना बिहीबार राति भएको हो ।

एम्बुलेन्स भारतीय दुतावासको सहयोगमा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाजुराले सञ्चालन गरिरहेको थियो । मर्मत गरेर ल्याइएको एम्बुलेन्समा तोडफोड भएको रेडक्रस बाजुराका सभापति रमबहादुर शाहीले बताए । न्यूज कारखाना

खेतमा ब्रोकाउली टिप्ने मजदुरलाई १ करोड रुपैयाँ पारिश्रमिक दिने कुरा सुन्दा हामी अचम्ममा पर्छौं । तर, यो साँचो हो । दिनमा ८ घण्टा काम र हप्तामा २ दिन विदा लिएर समेत ब्रोकाउली टिप्ने मजदुरले वर्षमा १ करोड रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

यो अफर बेलायतको एक कम्पनीले दिएको हो ।बेला’यती अखबार डेली एक्सप्रेसका अनुसार इङल्याण्डको लिंकनशायरको यो कम्पनीले कर्मचारीको अभाव भएपछि तरकारी टिप्ने मजदुरलाई मोटो रकम अफर गरेको हो । टिएच क्लेमेन्ट्स नामको यो कम्पनीले मजदु”रहरुलाई प्रतिघण्टा ३० पाउण्ड अर्थात ४ हजार ८ सय नेपाली रुपैयाँ अफर गरेको छ ।

यस हिसा’बले दिनमा ८ घण्टा काम गर्दा मजदुरले २४० पाउण्ड कमाउँछन् । हप्तामा २ दिन विदा लिएर ५ दिन मात्र काम गर्दा पनि उनीहरुले हप्तामा १२०० पाउण्ड कमाउँछन् । वर्षका कूल ५२ हप्ता काम गर्दा उनीहरुले ६२ हजार ४ सय पाउण्ड कमाउँछन् जुन नेपाली १ क’रोड रुपैयाँ बराबर हो ।

बेलायतको प्रमुख खाद्य आपूर्तिकर्ता तथा सुपरमार्केटहरुलाई ब्रोकाउली र ब्रसेल्स स्प्राउट आपूर्ति गर्ने यो कम्पनीले मजदुर भर्ती गर्नको लागि सूचना निकालेको छ । सूचनामा मजदुरले प्रतिघण्टा ३० पाउण्डसम्म पाउने बताइएको छ ।

कम्पनीले सामाजिक संजा’लमा पोस्ट गरेको तस्वीरमा खेतबाट विदा भएर जाँदै गरेका मजदुरलाई आइसक्रिम खुवाइएको देख्न सकिन्छ ।

 


Last Updated on: October 1st, 2021 at 11:26 am
६०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया