
आजभोलि अधिकांश युवहरूमा मोटरसाइकल चढ्ने एकप्रकारको शोख नै हुन्छ।बजारमा विभिन्न कम्पनी का मोटरसाइकलहरू उपलब्ध छन्।त्यी मध्ये अलिक भिन्न क्षमता र डिजाइनका महँगा बाइकहरू युवाहरू को रोजाइमा पर्ने गर्दछन्।यस्तै सिलसिलामा हाम्रै देश नेपालको बुटवल निवासी कपिल ज्ञावली एकजना युवा जो उमेरले मात्रै २१ वर्ष पुगेका छन् तर उनको कला सुन्ने र देख्ने हो भने जो कोहि पनि दङ्ग पर्ने गर्दछन्।
उनले बनाएको मोटरसाइकल आजभोलि बजारमा चलाएर हिँड्दा जोकोही मान्छेले पनि अचम्म मानेर हेर्ने गरेका छन्।उनले बनाएको यो अनौठो प्रकारको साधन भिन्न प्रकारको र अचम्मको देखिएको हुनाले धेरैको आकर्षणमा परेको हो।यो मिटरसाइकल बिधुतबाट चल्छ भने यसका चारओटा पाङ्ग्रा रहेका छन्।यसबाट दु’र्घ’ट’नाको जोखिम पनि अलिक कम हुने गर्दछ अन्य सवारी साधनको तुलनमा।
उनमा यस प्रकारको कल कसरी बिकसित हुन गयो भनेर बुझ्दा उनी भन्छन्,सबैभन्दा ठूलो कुरा इच्छा शक्ति चाहिने र उक्त इच्छा शक्तिलाई साकार पार्नको लागि आफूसँग मेहनत,लगाव र उचित वातावरण आवश्यक पर्ने उनी बताउँ छन्।उनले बनाएको यस आविस्कारबाट निकट भविष्यमै अब उडान सँग सम्बन्धित एअरक्र्याफ्ट आविस्कारमा लाग्ने उनले इच्छा व्यक्त गरेका छन्।
उनलाई यो बाइक सम्पन्न गर्नको लागि लगभग रू.१६ लाख जति नेपाली रुपैयाँ लागेको बताएका छन्।बीचमा बस्ने सीट बाइककै जस्तो भएपनी अगाडि र पछाडि बाइक भन्दा फरक मोडल रहेको छ।तल चार ओटा पाङ्ग्रा समेत छन् जुन सामान्यतया कुनै पनि बाइकमा हुने गर्दैनन्।यसमा अगाडि र पछाडि मानिसहरू राखेर पनि कुदाउन सजिलो हुने गर्दछ।
बाहिर तिर बजारमा यस बाइकलाई लिएर हिँड्दा धेरै मानिसहरूले आफू परसम्म पुगुञ्जेलसम्म हेरिरहने र हेरि रहँदा पनि कतिपय मानिसहरू पोलमा ठो’कि’एको पनि उनी बताउँछन्।कृपया यसै बिषयमा त्यी नै २१ वर्षीय युवा कपिल ज्ञावलीसँग कुराकानी गर्दै तयार पारिएको भिडियो सामग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,धन्यवाद।