आइतबार १४ आश्विन २०८०

माओवादी केन्द्रका तथा पूर्वमन्त्री वर्षमान पुनको थाइल्याण्डको बैंककमा उपचार सुरु भएको छ । पुनको आज बिहानैबाट बैंककस्थित बुम्रुङगार्ड अस्पतालमा उपचार सुरु भएको हो ।

बुधबार अपरान्ह बैंकक पुगेर पुन अस्पताल भर्ना हुनुभएको थियो । पुनको सचिवालयका अनुसार उपचार सुरु गर्नुअघि उहाँको कोभिड परीक्षण गरिएको छ । कोभिड–१९ परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि ण्डिसको उपचार सुरु गरिएको छ।

पुनको यसअघि पनि सोही अस्पतालमा करिब एक महिना भर्ना गरेर उपचार गरिएको थियो ।

वान्ता आउने, ज्वरो लगायतमा समस्या देखिएपछि पुन ललितपुरस्थित सुमेरु अस्प्तालमा उपचार भर्ना हुनुभएको थियो । थप उपचारका लागि बुधबार बिहान बैंकक जानु भएको हो । पूर्वमन्त्री पुनसँग उहाँकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसमेत बैंकक गएको छ ।

माधव नेपालको स्वास्थमा क्रमिक सुधार

नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष माधवकुमार नेपालको स्वास्थमा क्रमिक सुधार आएको छ। त्रिवि शिक्षण अस्पतालले बिहीबार एक विज्ञप्ति जारी गर्दै शरीरको तापक्रम, रक्तचापलगायत अन्य अवस्था सामान्यमा सुधार आएको जानकारी दिएको हो।

यद्यपि, स्वास्थ्य संवेदनशीलताका कारण नेपालसँग भेटघाट बन्द गरिएको छ। सामान्य ज्वरो, वान्ता आउने, पेटको गडबढी छातीमा केही समस्या उत्पन्न भएकोले १३ असोजमा नेपाललाई अस्पतालमा भर्ना गरिएको थियो। यस्तै, उनको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

 


Last Updated on: October 1st, 2021 at 1:44 pm
२४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया