
कक्षा ७ मा अध्ययनरत उनीमाथि भदौ २३ मा ट्युसन पढेर घर फर्किने क्रममा सोही गाउँका तीन युवाले अ स भ्य ब्यवहार गरेका थिए । उनीहरु विरुद्ध प्रहरीमा उ*जुरी दिएपनि सुनुवाई भएन ।
गाउँका जनप्रतिनिधि राखेर गरेको छलफलमा पनि कुनै निष्कर्ष नआएपछि बालिका दुखी भएकी थिइन् । बालिकाका परिवारले स्थानीय प्रहरी चौ*कीमा उ*जुरी दिएको थियो ।
ती युवाले मोबाइल नम्बर लेखिएको एउटा पर्ची ममताको हातमा थमाएको बताइन्छ । घट*नावारे बालिकाले परिवारजनलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय खजुरीमा भदौ २४ मा आफूहरुले जाहेरी दिएको पिता सुरेश कामतले बताए । प्रहरीले गाउँमै घट*ना मिलाउन भनेपछि आफूहरुले जनकनन्दनी गाउँपालिका– ४ का वडा अध्यक्ष हरिचन्द्र कामतलाई गुनासो गरेको उनको भनाइ छ ।
वडा कार्यालयमा भदौ २५ मा सो घट*नाबारे छलफल भए पनि कुनै निष्कर्ष निस्किएन । ति युवा पक्षका रामउदगार दासले होहल्ला गरेपछि छलफल कुनै निष्कर्षमा पुगेन ।
इप्रका खजुरीका इन्सपेक्टर रवि मैनालीले पी डित परिवारले उ*जुरी दिँदा पीडित बालिकालाई नल्याएका कारण दर्ता प्रक्रिया अघि बढ्न नसकेको बताए ।