
पोखरा–१ अधिकारी टोलमा एक युवतीको श,xव भेटिएको छ। बाजुराको जगन्नाथ गाउँपालिका–१ बस्केनाकी १८ वर्षीया निरुता शाह बन्द कोठामा मृ,xत भेटिएकी हुन्।
बन्द कोठाबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरीले युवतीको पहिचान खुलाएको हो। प्रहरीले ताला फोरेर हेर्दा किशोरीको शxव खाटमा लडिरहेको अवस्थामा भेटिएको थियो।
प्रहरीका अनुसार शxव छेउमा उनका श्रीमान् गणेश विष्टले लेखेर छाडेको चिट थियो। चिटमा गणेशले आफू ठेकेदारकोमा काम गरेको पैसा मागेर फर्किंदा श्रीमती कोठाभित्रै झु,x न्डि,x रx हे,x को अवस्थामा फेला परेको कुरा जानकारी गराएका छन्।
‘उनकै लागि घरपरिवार त्यागेर आएँ। उनले मलाई छाडेर गइन्। म पनि बाँचेर अर्थ छैन। म गण्डकीमा हा,xम फा,xल्छु। लास भेटियो भने हामी दुवैलाई सँगै जलाइदिनू,’ चिटमा लेखिएको छ।
निरुता र गणेश उक्त कोठामा भाडामा बस्दै आएका थिए। निरुताको परिवारले भने उनको आ,x त्म,x ह,x त्या नभई ह,x त्या नै भएको दाबी गरेको छ। घटनाबारे जानकारी पाएपछि निरुताका बुबा नन्दबहादुरले बिहीबार पोखरा आएर गणेशविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका छन्। २७ वर्षीय गणेश भने हालसम्म भेटिएका छैनन्। उनले प्रयोग गर्ने फोन ‘स्विच्ड अफ’ छ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमाल पोस्टमार्टम रिपोर्टपछि मात्रै ह,x त्या वा आ,x त्म,x ह,x त्या भन्ने खुल्ने बताएका छन्। निरुताको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
काठमाडौं । ल्याण्डिङ गियर नखुलेपछि संकटमा परेको बुद्ध एयरको विमान सकुशल अवतरण गराउने क्याप्टेन आङगेलु शेर्पाले तत्काल विमान उडाउन नपाउने भएका छन्।
गत सोमबार ८ः३० मा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमानको ल्याण्डिङ गियर नखुलेपछि विराटनगरमा अवतरण गर्न नसकी काठमाडौंमा अवतरण गरेको थियो।
सो प्रकरणमा छानबिन भइरहेकाले क्याप्टेन शेर्पाले तत्काल विमान उडाउन नपाउने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। स्रोतका अनुसार उनीमाथि पनि छानबिन भइरहेको छ।
विमानमा कुनै समस्या आए पायलटमाथि पनि छानबिन हुने र छानबिनमा परेका पायलटले विमान उडाउन नमिल्ने भएकाले उनले विमान उडान नपाउने भएका हुन्। उनले छानबिनको अवधिमा पायलट लाइसेन्स पनि प्रयोग गर्न पाउने छैनन्। अहिलेलाई उनको पाइलट लाइसेन्स स्थगित गरिएको छ।
७३ जना यात्रु बोकेको सो विमान दुई घण्टा आकाशमा उड्नुपरेको थियो। तर, अन्तिममा ल्याण्डिङ गियर खुलेपछि काठमाडौंमा नर्मल अवतरण गरिँदा ठूलो दु,घर्,टना टरेको थियो।