सोमबार १८ मंसिर २०८०

नेपाल नागरिक उड्डन प्राधिकरणले ७२ घण्टाका लागि बुद्ध एयरका पाइलट आङगेलु शेर्पालाई उडान भर्न रोक लगाएको विषय उहाँको उडान क्षमतामाथि प्रश्न उठाइएको नभएकाे जनाएकाे छ ।

दुर्घटनाको नजिक पुगेपछि पाइलटलाई हुन सक्ने मा’नसि’क त’ना’वलाई ख्याल गर्दै शेर्पालाई केही दिन आराम गर्न बिदा दिइएको प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले बताउनुभयो ।

महानिर्देशक क्षेत्रीका अनुसार दुर्घटनाको नजिक पुगेपछि पाइलटलाई हुन सक्ने मा’नसि’क त’ना’वलाई ख्याल गर्दै उहाँलाई केही दिन आराम गर्न बिदा दिएको हो । उहाँको उडान क्षमतामाथि प्रश्न उठाइएको होइन ।

सोमबार बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको ९–एनएएनआई एटीआर जहाज विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्किएको थियो । विमानको चक्का (ल्यान्डिङ गियर) डाउन नभएको र थ्री ग्रिन सिग्नल नबलेपछि पाइलट शेर्पाले विराटनगर विमानस्थलमा अवतरण गर्न सक्नुभएको थिएन ।

त्यसपछि काठमाडौं फर्किएको जहाज काठमाडौंको आकाशमा केही फन्को लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पाइलट शेर्पाले सुरक्षित अवतरण गराउनुभएको थियो ।आइकाओका नियम अनुसार नै पाइटल शेर्पालाई केही दिन आराम गर्न भनिएको उहाँले बताउनुभयो । ‘जोखिमपूर्ण उडान गर्दा आरामा चाहिने भएकाले शेर्पालाई आरामा गर्न भनिएको हो । जोखिमपूर्ण उडान पनि स्वाभाविक रुपमा आराम चाहिन्छ । यो आइकाओ मापदण्ड अनुसार हो ।’

 

 

 

 


Last Updated on: October 1st, 2021 at 3:58 pm
५८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया