बुधबार १० आश्विन २०८०

महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकमा बसले स्कु’टरलाई ठ’क्कर दिँदा एकै परिवारका तीनजनाको घ’टनास्थलमै मृ’त्यु भएको छ । सिन्धुलीबाट धनगढी तर्फजाँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले आइतबार साँझ पौने ५ बजे विपरित दिशाबाट आइरहेको २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई जीतपुर सिमरा उपमहानगरपालिका वडा
नम्बर–१ दुधौरा खोला नजिक ठ’क्कर दिँदा सो घ’टना भएको हो ।

घ’टनामा निजगढ नगरपालिका वडा नम्बर–१० लाल टोल बस्ने श्रीमान्, श्रीमति र दश महिने छोराको मृ’त्यु भएको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख श्याम मुकार महतोले बताउनुभयो । मृ’त्यु हुनेमा निजगढ नगरपालिका वडा नं.–१० लाल बस्ने स्कुटी चालक २६ वर्षीय तीर्थमान स्याङ्गतान, निजका २५ वर्षीया श्रीमति ज्योति स्याङ्गतान र उहाँको दश महिने छोरा आहान स्याङ्गतानको रहेकाे उहाँले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नयाँ जनयुद्धको खोजीमा रहेको बताएका छन् । पछिल्लो समय प्रतिक्रियावादीले माओवादी आन्दोलन र उपलब्धीलाई घेरा हाल्ने, सखाप पार्न खोजिएको भन्दै त्यसको प्रतिरोध गर्न नयाँ जनयुद्धको खोजीमा रहेको उनको भनाइ छ ।

शुक्रबार कमलादीस्थित प्रज्ञा भवनमा सपनाको पाण्डुलिपि गीतिसंग्रह विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘पोहोर सालदेखि माओवादीलाई घेरा हाल्ने र परिवर्तनलाई तोड्न खोजेका छन् । फेरि नयाँ जनयुद्ध गर्नुपर्छ । म हाम्फालेको छु । हतियार र हिंसाबाहेकको नयाँ जनयुद्धको खोजीमा छु ।’

प्रतिक्रियावादीले यसरी घेरा हाल्ने र सखाप पार्न खोज्ने हो भने लाखौं जनता सडकमा ल्याएर लड्नुपर्ने उनको भनाइ छ । ‘सबैले आ-आफ्नो समीक्षा गरौं । समाजवादी आन्दोलनमा इमान्दार भएर लाग्ने हो भने यो देशको मुख्य शक्ति, निर्णायक बनेर हिँड्न सक्छौं । त्यसका लागि हामी सुध्रिन पर्छ,’ उनले भने ।


Last Updated on: October 1st, 2021 at 5:38 pm
१९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया