
काठमाडौँ– नेटवर्किङ शैलीको व्यवसायको नाममा अनलाइन माध्यमबाट ठगी गरेको आ,रो,प,मा प्रहरीले दुई जनालाई प,क्रा,उ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेको धुलिखेल घर भई काठमाडौंको चावहिल बस्ने २७ वर्षीय नवराज गौतम र रामेछापको खाँडादेवी गाउँपालिका घर भई काठमाडौंको बौद्ध बस्ने २५ वर्षीय विनोद महतेलाई बिहीबार प,क्रा,उ गरेको हो ।
पीडितहरुलाई उनीहरुले इम्पेरियम मार्केटिङमा सदस्य बनेमा लाइफ बन्छ, मार्केटिङको बिजनेश गरेमा सोही कम्पनीमा जागिर मिल्छ, अन्य सदस्य बनाउँदै गएपछि घरमा बसेर पैसा कमाउन सकिने, कम्पनीले उत्पादन गरेको साल्ट, ल्याम्प, लत्ता कपडाहरु, औषधीजन्य वस्तुहरु, घरायसी सामानहरु लगायतका वस्तुहरु सस्तो मुल्यमा लिन सक्छौ भनी तीन दिन जुम क्लास लिन लागाइ ठगेको पाइएको प्रहरीले जनाएको छ ।
उनीहरुले भारतको सिलीगुडीमा इजाजतविना नै सञ्चालनमा रहेको इम्पोरियम मार्केटिङ प्रालिसँग सम्पर्क राखी पिरामिड शैलीको सदस्य बनाएर रकम पठाउन लगाई ठगी गरेको पाइएको प्रहरी अनुसन्धानले देखाएको छ । पीडितलाई आईएमई र बैंक खातामा १ लाख २० हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको देखिएको महाशाखाले जनाएको छ ।
प,क्रा,उ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि शुक्रबार वाणिज्य, आपूर्ति तथा हित संरक्षण विभाग, बबरमहलमा पठाएको प्रहरीले जनाएको छ ।
गत मंगलबार मन्त्रिपरिषद् बैठकले दक्षिणी सीमावर्ती सबै नाका खुला गर्ने निर्णय गरेको सुनेपछि विराटनगर महानगरपालिका–१३ का चन्दन यादव बुधबार जिप चढेर जोगवनी हिँडे । सीमानाकामा वारि सवारीसाधनको लामो लाइन थियो ।
उनले जिप वारि नै रोके, ढाटनजिक पुगेपछि छक्क परे । नाकामा खटिएका सुरक्षाकर्मीले ‘पैदल जान छुट छ, सवारीसाधनसहित जान रोक छ’ भन्ने जवाफ दिएपछि चन्दन रन्थनिँदै घर फर्के ।यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
सरकारले नाका खुलाउने निर्णय गरेपछि पनि नखुल्दा चन्दनजस्ता धेरै मानिस अलमलमा छन् । सीमाक्षेत्रका अधिकांश मानिसको दैनिकी भारतीय बजार जोगवनीसँग जोडिएको छ । दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा खरिद गर्न पनि वारिका मानिस जोगवनी पुग्छन् ।
पारिका मानिस भने औषधिउपचारका लागि विराटनगर आउँछन्। सम्बन्ध यतिमै सीमित छैन, वारिपारिका मानिसबीचको वैवाहिक, सांस्कृतिक सम्बन्ध छ । जसका कारण उनीहरू वारिपारि गरिरह्नुपर्छ । तर सीमा नाका नखुल्दा यो सम्बन्ध खुम्चिन पुगेको छ ।