
रोमानियाको ‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा शुक्रबार बिहान भएको आ,x ग,x ला,x गी,x मा परी नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृ,x त्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् । अस्पतालमा रहेका अन्य सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूलाई बिरामीहरूलाई आफ्नो भर्ना लिन आग्रह गरिएको छ, शहरका आकस्मिक सेवा अनुगमनका लागि खटाइएका एक अधिकारीले बताए ।
स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्तिमा भनेको छ, “आज बिहान कोभिड–१९ सम्बन्धित ११३ विरामीले अस्पतालमा सेवा लिइरहेको समय भएको आ,x ग,x ला,x गी,x मा परी केही व्यक्तिको मृ,x त्यु भएको छ । विरामीमध्ये गम्भीर १० जनालाई आईसीयूमा राखिएको छ ।” आगलागीको सम्भाव्य कारणबारे कुरा गर्दा अन्तरिम स्वास्थ्य मन्त्री आटिला सेकेले भन्नुभयो, “कारणहरू धेरै हुन सक्छन् । यो आधारभूत संरचना, उपकरणहरूको ओभरलोडसित सम्बन्धित हुन सक्छ र यो असावधानी वा मानवीय कमजोरीसँग पनि सम्बन्धित हुन सक्छ ।” नोभेम्बर २०२० देखि रोमानियाको अस्पतालमा भएको तेस्रो घातक आ,x ग,x ला,x गी हो ।
यो पनि – भारतका विदेश सचिवले श्रीलङ्काको भ्रमण गर्ने
भारतका विदेश सचिव हर्षबद्र्धन श्रीङगलाले श्रीलङ्काको भ्रमण गर्नुहुने भएको छ । यही अक्टोबर २ देखि ५ सम्म उहाँले श्रीलङ्काको भ्रमण गर्ने तय भएको विदेश मन्त्रालयले जनाएको छ ।भारतको निकट छिमेकी श्रीलङ्कालाई महत्व दिएर भारतका विदेश सचिवले भ्रमण गर्न लाग्नु भएको जनाइएको छ ।“छिमेकी प्रथम” भन्ने भारतको विदेश नीतिअनुसार छिमेकीलाई प्रथम प्राथमिकता दिएको रुपमा व्याख्या गरिएको छ ।
भारतका विदेश सचिवको यो भ्रमणलाई दुवै देशको महत्वका साथ हेरेका छन् । भ्रमणका क्रममा उहाँले श्रीलङ्काका उच्च सरकारी अधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ । भेटका क्रममा उहाँले दुई पक्षीय हित, साझा चासो, आपसी सम्बन्ध, सहकार्य र सहयोग आदानप्रदान लगायतका विषयमा छलफल गर्नुहुने विदेश मन्त्रालयले जनाएको छ ।
विगतमा भएका सम्झौता र सहकार्यको समीक्षा गर्दै त्यसलाई पुनरावलोकन गर्ने बारेमा पनि उहाँहरुका बीचमा छलफल हुने जनाइएको छ । कोरोनाभाइरसको महामारीका बेला भारतले गरेको सहयोगका लागि श्रीलङ्काको तर्फबाट धन्यवाद ज्ञापन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ । भारतले विगतमा पनि उच्च प्राथमिकताका साथ छिमेकी देशलाई कोरोनाभाइरसको महामारी विरुद्धको सहयोग गरेको थियो भने आगामी दिनमा पनि खोप लगायतका सहयोग बढाउने जनाएको छ ।