बिहिबार ११ आश्विन २०८०

बिवाहित महिला एक सैनिक जवान प्रति आकर्षित हुन्छिन् । उनको त्यो प्रेम सेनाका जवानसँग ब्यक्त गर्छिन् । ती सैनिककै सल्लाहमा उनले आफ्नो पतिलाई डिभोर्स समेत दिइन् । जवानले ती महिलासँग बिहे गरे । उनलाई भाडामा कोठा लिएर राखेका थिए । एक बर्ष पछि उनीहरुको छोरी समेत जन्मिइ । परिवार राम्रै चलिरहेको थियो, त्यति नै बेला भएको एक यस्तो घटनाले बैवाहिक जीवन नै सकिने अवस्था आयो।

बास्तवमा ती सैनिक जवान पहिले नै विवाहित भएको उनले दोश्री श्रीमतिलाई बताएका थिएनन् । दोश्री श्रीमतिलाई पनि उनीहरुको बच्चा समेत भएपछि पहिलो श्रीमतिबारे थाहा भयो । उनीहरुको भेट भने एक प्रहरी चौकीमा भयो जसमा घटनाले विवाद हुँदै कु ट पी ट सम्मको रुप लियो।

एक विवाहित महिलाको अनौंठो प्रेमको अद्भुत कथा भने भारतको हो । त्यहाँ छपरा, बिहारमा ती महिलालाई एक सेनाको सिपाहीसँग प्रेम भयो । यसपछि ती महिलाले आफ्नो पहिलो पतिलाई डिभोर्स दिएर सेनाका एक सिपाहीसँग विवाह गरेकी थिइन्।

आजतकमा छापिएको एक समाचार अनुसार, विशेष कुरा यो छ कि सेनाका सिपाहीको पनि पहिले विवाह भएको थियो, तर यसको बाबजुद पनि उसले फेरि विवाह गरे र छोरीको बुबा भए । विवाह गरेको एक वर्ष पछि, अब सेनाको जवानले आफ्नी दोस्रो पत्नीलाई आफूसँगै राख्न अस्वीकार गरे । त्यतिमात्र होइन, उसले आफ्नो दोश्रो श्रीमति भएको स्वीकार समेत गरेन।

यो घटना प्रहरी चौकी डुमरी छपिया गाउँको हो । उक्त गाउँ निवासी सुनिलप्रसाद महतो सेनाका सिपाही हुन् । अहिले घटना प्रहरीसम्म पुगेको छ । प्रहरीले पहिलो र दोश्रो श्रीमतिबिचमा महतोलाई राखेर मध्यस्थताको प्रयास गरिरहेको छ।

 

उपत्यकामा मास्क नलगाउने यात्रु सार्वजनिक सवारी साधन चढ्न नपाउने
काठमाडौँ, १५ असोज-उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।

उपत्यकाको भीडभाडलाई मध्यनजर गरी यहाँ सवारी साधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागु गरिएको हो । सोअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारी साधानमा प्रवेश रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्यरूपमा स्यानिटाइजर राख्न, सवारी साधनलाई अनिवार्यरूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ । आजदेखि लागू गरिएको निषेधाज्ञा अर्काे आदेश नभएसम्मका लागि लागू हुने जनाइएको छ ।

कोभिड–१९ सङ्क्रमण कायमै रहेकाले अनावश्यकरूपमा बाहिर ननिस्किन, भीडभाड, जुलुस, जात्रा, महोत्सव नगर्न भनिएको छ । चाडपर्व स्वास्थ्यका सबै मापदण्ड पालना गरी साङ्केतिकरूपमा मनाउनुपर्ने आदेशमा उल्लेख छ । चाडवाडको बेला हुनसक्ने सम्भावित जोखिबाट बच्न पनि अनुरोध गरिएको छ । यस्तै आधिकारिक काउन्टरबाट टिकट काटी यात्रा गर्न र सवारी साधनको छतमा यात्रु नराख्न पनि निर्देशन गरिएको छ ।

बैठक, गोष्ठी, सेमिनार गर्दा सकेसम्म भर्चुअल माध्यम प्रयोग गर्न र यदि उपस्थित हुनैपरेमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्न भनिएको छ । सार्वजनिक सेवा प्रदायक संस्थालाई यथासम्भव अनलाइनबाट सेवा प्रवाह गर्न आग्रह गरिएको छ । उपस्थित हुनैपर्ने भएमा स्वास्थ्यका सबै मापदण्ड अपनाउन भनिएको छ ।

होटल पार्टीप्यालेसले पनि कर्मचारीलाई सकेसम्म आफैँ एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन भनिएको छ । सबै व्यवसाय सञ्चालन गर्दा भौतिक दूरी कायम गरी स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्न भनिएको छ । स्थानीय ढुवानी बिहान १ः०० देखि ११ः०० र अपराह्न ४ः०० देखि ७ः०० बजेसम्म नगर्न भनिएको छ भने निर्माण सामग्रीका ढुवानी बिहान १ः०० देखि बिहान ५ः०० बजेसम्म गर्नुपर्ने आदेशमा उल्लेख छ । (रासस)

 


Last Updated on: October 2nd, 2021 at 11:09 am
३३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया