
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ सङ्क्रमित थपिएका हुन ।
यसअघि दैनिक सङ्क्रमितहरुको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेर २६ हजारभन्दा बढी भएको हो । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण २७७ जनाको मृत्यु भएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले नयाँ सङ्क्रमितमध्ये १५ हजार ९१४ जना केरलाका मात्रै रहेको जानकारी दिएको छ । त्यसैगरी केरलामा मात्रै मृत्यु भएकाहरुको सङ्ख्या १२२ पुगेको मन्त्रालयले जनाएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ७५ हजार २२४ रहेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या १९६ दिनपछिकै सबैभन्दा कम हो ।
पछिल्लो एक दिनमा २८ हजार २४६ जना सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमित भएकाको सङ्ख्या थोरै भएकाले सङ्क्रीय सङ्क्रमितको सङ्ख्या कम हुँदै आएको हो ।
भारतमा अहिलेसम्म कुल तीन करोड ३० लाख ४३ हजार १४४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा १५ लाख २० हजार ८९९ जनाको कोरोना परीक्षण गरिएको छ । भारतमा अहिलेसम्म ५७ करोड चार लाख ७७ हजार ३३८ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
कपिल शर्माले सो’नाक्षी सिन्हासँग इन्स्टाग्राममा आफ्नो भिडियो सेयर गरेका छन्। जसलाई फ्यानहरुले धेरै रुचाएका छन्।जब कपिल शर्मा र ब’लिउड अभिनेत्री सोनाक्षी सिन्हा एक साथमा भेट हुन्छन तब उनीहरु बिचमा एक पुरानो गहिरो मित्रता रहेको जस्तो देख्न सकिन्छ । यी दुईको मित्रतालाई मानिसहरु पनि एकदमै मन पराउँछन् । य
सै बिचमा एक भि’डियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा अभिनेत्री सोनाक्षी र कपिल रहेका छन् । जसमा दुवै जना रमा’इलो गर्दै गरेको देख्न सकिन्छ । भिडियो कपोल र सोनाक्षीको हर्केत देखेर फ्यान हरुको हासो रोकिएको छैन ।
कपिल शर्माले उनको शो’को एक भिडियो क्लिप सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका छन् । भिडियोमा सोनाक्षी उनको गीत ‘मिल मा’हिया’ मा डान्स गरिरहेकी छिन् ।
त्यसै समयमा त्यहाँ कपिल श’र्मा आउँछन् । भन्छन् ‘यति कोहि तिमि सँग भेट्न आउँछ भने तिम्रो बाबुले त्यसलाई चुपचाप राख्छन्। त्यसपछि सोनाक्षी कपिल शर्मालाई रिसाए’को जस्तै गरेर हेर्छन् र कपिल शर्मालाई एक मुक्का हान्छिन् ।
कपिल शर्माले भिडियो सेयर गर्दै लेख्छन् । भिडियो शे’यर गर्दै कपिलले लेखे, ‘मेरो पहिलो रील।’