शनिबार २३ मंसिर २०८०

मनिष डाँगीले निर्णायक गोल गरेपछि नेपालले शुक्रबार साफ च्याम्पियनसिपकोआफ्नो पहिलो खेलमा आयोजक माल्दिभ्सलाई हराउँदै विजयी सुरूआत गरेको छ।

मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मनिषले ८६ औँ मिनेटमा गोल गरेका थिए। मनिष नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका थिए ।

साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो । यसअघि दुई टोली साफमा अहिलेसम्म सात खेलमा प्रतिस्पर्धा गरेका थिए। त्यसमध्ये माल्दिभ्सले पाँच जित्दा भने दुई बराबरीमा टुंगेको थियो ।

जितसँगै नेपालले तीन अंक जोडेको छ । प्रतियोगितामा बंगलादेशले पनि तीन अंक जोडेको छ । बंगलादेशले पनि आज श्रीलंकालाई १–० ले नै पराजित गरेको थियो ।

Last Updated on: October 2nd, 2021 at 11:38 am
१८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया