मंगलबार १४ चैत्र २०७९

कपिलवस्तु, १६ असोज-कपिलवस्तुको बाणगंगा नगरपालिका ७ लक्ष्मणघाट नजिकको कल्भर्टबाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा मोतीपुर घर भएका वर्ष ५५ को रुक्मांगत बेल्वासेका छोरा माधव बेल्वासे रहेका छन् ।

स्थानीयले कल्भर्टमूनि शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । मृतक बेल्वासेको शवको पोस्टमार्टमको लागि अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

मृतक बेल्वासे भारतीय सेनाका अवकाश प्राप्त कर्मचारी समेत हुन् । उनको २ छोरा र १ छोरी रहेका छन् । मृतकले अत्याधिक मादक पदार्थ सेवन गर्ने भएकोले सोही कारणले मृत्यु भएको हुन सक्ने स्थानीय बताउँछन् ।घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।

राजेश पायल राई नेपाली गायक हुन ! उनले थुप्रै नेपाली चलचित्रका गीतहरूमा स्वर दिइसकेका छन ! उनी विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रुपामा उनलाई चिनिन्छ। विभिन्न चलचित्रमा समेत स्वर दिएका राजेश पायल चलचित्रका कलाकार पनि हुन् । उनले दैवसंजोग, दौतरी, परेनि माया जालैमा, सी माला तथा गुण्डाराजमा सशक्त अभिनय गरेका छन् ।

यस्तै करिब ३ सय पचास चलचित्रमा स्वर समेत दिएका राईले पहिलो पटक २०५४ सालमा अशोक शर्माको चलचित्र गरिबको तीन वटा गीतमा आफ्नो स्वर दिएका थिए । त्यसपछी चलचित्रमा पार्श्व गायनमा उनी ब्यस्त भइ रहेका छन् । विश्वका प्राय सवै चर्चित मुलक भ्रमण गर्नुको साथै कन्सर्ट गरेका राईले २०५३ सालमा पहिलो विदेश भ्रमण हंगकंग गएका थिए ।

जहाँ उनको जिवनको पहिलो वैदेशिक कन्सर्ट थियो । २०६० साल असार १२ गते विराटनगरको रिभ्स डिजीटल रेर्कडिङ स्टूडियोमा ५ घण्टामा ९ वटा गीत रेकर्ड गराएका थिए । सम्भवत: विश्वमै यसरी ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायक हुन। गायक राईले २०६६ सालमा रिलिज भएको चलचित्र शिलशिलाबाट विभिन्न अवार्ड समेत जिते । यस्तै उनी २०६७ मा छिन्नलता पुरस्कार तथा अन्य पुरस्कारबाट पनि सम्मानित एवं पुरस्कृत भइ सकेका छन् । हेर्नुहोस उनको जन्मदिनमा गरिएको रमाइलो कुराकानीको भिडियो हेर्नुहोस्


Last Updated on: October 2nd, 2021 at 1:32 pm
१४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया