
ललितपुरको गोदावरीमा नेकपा एमालेको विधान महाधिवेशन भएको छ । एमालेले महाधिवेशनको प्रचारलाई व्यापक बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको महाधिवेशन तीन दिनसम्म चल्नेछ ।
महाधिवेशनमा तुल, ब्यानर र पोष्टर लगायतका तडकभडक नगर्ने बताएको नेकपा एमालेले काठमाडौंदेखि ललितपुरसम्मै अध्यक्ष केपी ओलीको भरपुर विज्ञापन गरेको छ ।
विधान महाधिवेशन लक्षित एमाले अध्यक्ष केपी शर्मा ओलीका तस्बिरहरु बानेश्वरका पोलदेखि ललितपुरको गोदावरीसम्मै प्रशस्तै देखिन्छन् ।
यसैक्रममा महाधिवेशनस्थलमा बाँडिएको पानीको बोतलमा पनि ओलीको तस्वीरसहित महाधिवेशनको प्रचार लेबल टाँसेको पाइएको छ ।
यस्तै बिजुलीका पोलमामात्र नभएर गाडीमा समेत ओलीको तस्बिर राखिएका छन् । कार्यक्रमस्थलमा केपी ओलीको ठूलो ‘स्टाचु’ बनाइएको छ । जसमा नेताहरुबीच सेल्फी खिच्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ ।
महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन् । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछन् ।
यसैबीच, नेकपा एमालेमा उपमहासचिव पद हटाउने प्रस्ताव गरिएको छ। अहिले घनश्याम भुसाल र बिष्णु पौडेल एमालेका उपमहासचिव छन्।
आजबाट सुरु भएको विधान महाधिवेशनमा सहभागीहरुलाई विरतण भएको प्रस्तावमा उपमहासचिवको पद हटाइएको हो । यो प्रस्ताव पारित भएमा उपमहासचिव घनश्याम भुषाल र विष्णु पौडेल हट्नेछन् ललितपुरको गोदावरीमा नेकपा एमालेको विधान महाधिवेशन भएको छ । एमालेले महाधिवेशनको प्रचारलाई व्यापक बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको महाधिवेशन तीन दिनसम्म चल्नेछ ।
महाधिवेशनमा तुल, ब्यानर र पोष्टर लगायतका तडकभडक नगर्ने बताएको नेकपा एमालेले काठमाडौंदेखि ललितपुरसम्मै अध्यक्ष केपी ओलीको भरपुर विज्ञापन गरेको छ ।
विधान महाधिवेशन लक्षित एमाले अध्यक्ष केपी शर्मा ओलीका तस्बिरहरु बानेश्वरका पोलदेखि ललितपुरको गोदावरीसम्मै प्रशस्तै देखिन्छन् ।
यसैक्रममा महाधिवेशनस्थलमा बाँडिएको पानीको बोतलमा पनि ओलीको तस्वीरसहित महाधिवेशनको प्रचार लेबल टाँसेको पाइएको छ ।
यस्तै बिजुलीका पोलमामात्र नभएर गाडीमा समेत ओलीको तस्बिर राखिएका छन् । कार्यक्रमस्थलमा केपी ओलीको ठूलो ‘स्टाचु’ बनाइएको छ । जसमा नेताहरुबीच सेल्फी खिच्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ ।
महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन् । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछन् ।
यसैबीच, नेकपा एमालेमा उपमहासचिव पद हटाउने प्रस्ताव गरिएको छ। अहिले घनश्याम भुसाल र बिष्णु पौडेल एमालेका उपमहासचिव छन्।
आजबाट सुरु भएको विधान महाधिवेशनमा सहभागीहरुलाई विरतण भएको प्रस्तावमा उपमहासचिवको पद हटाइएको हो । यो प्रस्ताव पारित भएमा उपमहासचिव घनश्याम भुषाल र विष्णु पौडेल हट्नेछन्