
चितवनका दिपक तिवारीले आफ्नी पत्नि र आमालाई धोका दिँदै अर्की महिलालाई लिएर उनी भारत पुगे । दीपकले पत्नि गीतालाई माया नगरेर बाहिर बाहिर नै हिँड्न थालेपछि उनकी पत्नि अन्इायमा परेकी छिन् । दीपक लामो समयसम्म परवासमा गएर काम गरे । तर उनले आमा , पत्नि र पत्निसँग कहिल्यै राम्रो सम्बन्ध राख्न सकेनन् । उनले सँधै दुख मात्रै दिने काम गरे । दीपकले ११ वर्षकी छोरी र एउटा ७ वर्षका छोराकी आमालाई लिएर भारतको ब्यागंलोर गएको पत्ता लागेपछि चर्चित युट्युबर सन्तोष देउजा उनलाई समात्न भारत नै पुगेका छन् । भारत पुगेपछि दीपक र ति महिलाबिच भागदौड भएको छ । हेर्नुहोस् यो भिडियो
गायिका देवी घर्तीमगरको स्वर रहेको गीत मुटुको टुक्राको भिडियो सार्वजनिक गरिएको छ । ज्योती गुरुङका शब्द शृजनामा तयार भएको गीतमा सुरज लामिछानेको संगीत र एरेन्ज रहेको छ । गीतमा एक प्रवासी आमाले स्वदेशमा भएका आफ्नै दुई सन्तानको सम्झनामा उपहार स्वरुप भिडियो पस्किएकी छिन् । भिडियोमा ज्योती स्वयमकै अभिनय रहेको छ ।
गीतमा बाल कलाकार काव्या श्रेष्ठका साथमा अंनिश्का थापा, शंकर पाण्डे, सलोनी रन्जितकार र इभा सिंह ठकुरीको अभिनय देख्न सकिन्छ । गीतमा बाध्यात्मक परिस्थितीले विदेशीनुको पीडा र भोगाइ समेटीएको छ । ज्योतिले परवासबाट यो कोशेली आफ्ना दर्शकका लागि पस्किन पाउँदा खुशी लागेको बताइन् ।
बेलायतमा रहेर पनि ब्याक टु ब्याक उत्कृष्ट भिडियो निर्माण र ब्यस्त निर्देशकको परिचय बनाएका निर्देशक कुशल श्रेष्ठले नै यो भिडियो निर्देशन गरेका हुन् । जसमा छायांकन, सम्पादन, परिकल्प्ना पनि निर्देशक श्रेष्ठकै रहेको छ । भिडियोमा नबिन निरौलाको कलरिगं, दीपिका श्रेष्ठको मेकअप रहेको छ । भिडियो गीतकार ज्योतिकै युट्युव च्यानल जेजी क्रियशनबाट बजारमा आएको हो ।