
अरब सागरलाई केन्द्रविन्दु बनाएर शाहीन चक्रवात सुरु भएको छ । यमनको राजधानी मस्कटदेखि ६ सय ५० किलोमिटर टाढा अरब सागरमा सुरू भएको चक्रवात तीव्र गतिमा ओमान सागर तथा मस्कट तटीय क्षेत्रतर्फ बढिरहेको ओमनको विपद् पूर्व सर्तकता केन्द्रले जनाएको छ ।
चक्रवातका कारण ठूलो हावाहुरी आउने र ६ सय मिलिमिटरसम्म भीषण वर्षा हुनसक्ने बताइएको छ । साइक्लोनको प्रभाव उत्तरी मस्कटमा दुई÷तीन दिनसम्म पर्ने सर्तकता केन्द्रले जनाएको छ ।
सरकारले तटीय
मुगु १७ असोज- मुगुको एक मात्र निर्वाचित प्रतिनिधिसभा सदस्य गोपाल बमको गाउँ पहिरोको उच्च जोखिममा परेको छ । छायाँनाथ रारा नगरपालिका–७ पिना गाउँका करिब १ सय ३५ घर पहिरोको उच्च जोखिममा परेका हुन् ।
कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्डको पिना गाउँको साहनी बाडासहित पहिरोको उच्च जोखिममा परेका हुन् । राजमार्गमा गुणस्तरीय बाटोको स्तरोउन्नति नहुनु, सडक छेउमा ढल निकास नहुनु, मनपरी ढंगबाट सडक खन्नाले पिना गाउँ पहिरोको जोखिममा परेको हो ।
अविरल वर्षा र सवारी साधनको आवागमनको उच्च चापले गाउँनै पहिरोको जोखिममा परेका हुन् । घर पहिरोको जोखिममा परेपछि स्थानीय पाल टाँगेर बस्न बाध्य भएका छन् ।
पहिरोको उच्च जोखिममा रहेको पिना गाउँको अवलोकन गरेका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने वचन दिएका स्थानीय बलराम साहनीले बताए ।
क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सुरक्षित क्षेत्रतर्फ जान सुझाब दिएको छ ।