
उत्तरपश्चिमी फ्रान्समा अचानक मृ,x त्यु भएकी आमाको श,व लिएर ५ र ७ वर्षका दुई बहिनीले केही दिन एउटा अपार्टमेन्टमा बिताएका भेटिएको क्षेत्रीय अभियोजनकर्ताले शनिबार बताएका छन् ।
शान्त रहुनुहोस्, मम्मी सुतिरहनुभएको छ, प्रहरीले महिला र बालबालिकाबारे जानकारी लिन पुग्दा बालिकाहरूले बताएका प्रत्यक्षदर्शीले एएफपीलाई जानकारी गराए ।
मानस शहरमा बुधबार लामो अनुपस्थितिपछि विद्यालयबाट जानकारी गराएपछि उनीहरूको अपार्टमेन्टमा आएका प्रहरी अधिकारीहरूलाई बालिकाहरूले नचलाउन भनेका बताएको अभियोजनकर्ताको कार्यालयले बतायो ।< त्यसपछि सुरक्षा अधिकारीले आफूहरूले ममीसँग भेटेर जाँने बताएपछि बालिकाहरूले ढोका खोलिदिएका थिए । परीक्षणपछि ती महिलाको केही दिन पहिले नै मृ,x त्यु भएको बताएका थिए ।
सन् १९९० मा आइभोरी कोस्टमा जन्मेकी र प्राकृतिक मृ,x त्युवरण गरेकी ती महिला केही बर्षदेखि फ्रान्सको मानस सहरमा बस्दै आएकी पत्ता लागेको छ । घटनापछि ती केटीहरूलाई अस्पताल लगेर स्याहार केन्द्रमा राखिएको छ भने उनीहरूलाई मनोवैज्ञानिक परामर्श दिइराखिएको छ । तिनीहरूले आफ्नी मृ,त आमासित अपार्टमेन्टभित्र कति समय बिताएका थिए भन्ने कुरा अझै स्पष्ट हुन नसकेको प्रहरीले बताएको छ ।
मानसकी अभियोजनकर्ता डेल्फिन डेभले एएफपीसँग भनिन्, हामीले आपराधिक सम्लग्नता ९परिकल्पना० लाई इन्कार गरेका छौं । अब हामी केही दिन पर्खेर ती सानी छोरीहरूको साक्षी बयान लिने कोसिस गर्नेर्छौं ।