मंगलबार ०९ आश्विन २०८०

आफूले सापटी लिएको रकम नदिए पछि पैसा उठाउन भक्तपुरमा एक पुरुषले अचम्मको तरीका अपनाएका छन् । उनले सापटी लगेको पैसा नदिने ब्यक्तिको श्रीमती उठाएका छन् ।

प्रहरीका अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिले भक्तपुरका धीरज श्रेष्ठसँग दुई वर्षअघि पाँच लाख रूपैयाँ लिएका थिए । जति पटक पैसा मागेपनि उनले दिएनन् ।

आफूले दिएको पैसा पाउने छाँट नदेखेपछि श्रेष्ठले ती व्यक्तिको श्रीमती उठाएका हुन् । उनले ति ब्यक्तिको श्रीमतीलाई ट्याक्सीमा हालेर भक्तपुरको बोडे पुर्‍याएका थिए । त्यसपछि उनले ‘पैसा लिएर आइज, तेरो बूढी लैजा’ भनेको प्रहरी स्रोतले जनाएको छ ।

ब न्ध क बनाएको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भक्तपुरका धीरज श्रेष्ठ छन् । प्रहरी स्रोतका अनुसार करिब २ वर्ष अगाडि श्रेष्ठले पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिलाई ५ लाख सापट दिएका थिए ।

रकम सापट लिएपछि लकडाउनका कारण उक्त व्यक्तिले ऋण चुक्ता गर्न सकेनन् । आफूले सापट दिएको रकम चुक्ता नभएपछि श्रेष्ठले उक्त व्यक्तिकी श्रीमतीलाई घरबाट नै ट्याक्सीमा हालेर भक्तपुरको बोडे लगेर उनलाई पैसा लिएर आइज भन्दै फोन गरेको प्रहरीले जनाएको छ ।

ललितपुरको गोदाबरीमा तीन दिनदेखि जारी विधान महाधिवेशनमा प्रतिनिधिहरुले दुई पटक मात्र उम्मेदवार हुन पाउने र ७० वर्ष उमेर हद दुईमध्ये एउटा मात्र व्यवस्था गर्नुपर्ने आवाज उठेको थियो ।

उक्त आवाजको जवाफ दिने क्रममा उपमहासचिव एवं विधान मस्यौदा समितिका संयोजक विष्णु पौडेलले दुबै व्यवस्था कायम रहने बताए । एउटा कार्यकारी पदमा दुई पटक उम्मेदवार हुनसक्ने व्यवस्थालाई स्थपित गरेर जानुपर्ने उनले बताए ।

७० वर्ष उमेर हद कायम राख्दै भन्दै पौडेलले भने भने, ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा सो कार्यकालभरि जिम्मेवारीमा रहेर कार्य गर्न पाउने व्यवस्था गर्नुपर्छ ।’

पौडेलले हाँस्दै उक्त कुरा सुनाएपछि हलमा हाँसो चलेको थियो । पौडेलले भने, ‘कमरेडहरुले बुझ्नुभयो होला । पौडेलको आशय र ब्याख्या उमेरले ७० बर्ष पुगेका अध्यक्ष केपी शर्मा ओलीका लागि यस्तो नियम हो भन्ने कुरा सबैले बुझे ।’

एमाले अध्यक्ष ओली अहिले ७० वर्षमा छन् र आगामी फागुनमा उनी ७० वर्ष पूरा हुँदैछन् । एमालेको महाधिवेशन आगामी मंसिरमा गर्ने र फेरि अध्यक्ष बन्ने ओलीको दाउ छ । एमालेको विधानमा गरिएको ७० वर्ष उमेर हदको नयाँ परिभाषाले अब ओलीले मात्र अध्यक्षको उम्मेदवार हुन र निर्वाचित भए पाँच वर्षे कार्यकाल पूरा गर्न पाउनेछन् ।

यसअघि एमालेको सातौं महाधिवेशनमा उमेर हदबारे बहस शुुरु भएको थियो । आठौंमा अधिकतम उमेर हद तोक्ने सहमति जुटेको थियो । तर सहाना प्रधानका लागि मात्र लागू हुने देखिएपछि अन्तिम समयमा फिर्ता लिइएको थियो ।

त्यसपछि एमालेले नवौं महाधिवेशनबाट भने ७० वर्ष उमेर हद तोक्यो । सोही प्रावधानअनुसार भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले सक्रिय राजनीतिबाट बिदा लिएका थिए । २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाउँदा ७० वर्षे उमेर हद हटाइएको थियो ।

यसैगरी २३ फागुन २०७७ को सर्वोच्चको फैसलापछि पुनस्र्थापित एमालेले फेरि ७० वर्षे उमेर हद ब्युँताइएको छ । ७० वर्ष मात्र भन्दा फेरि अध्यक्ष हुन लागेका ओलीमाथि प्रश्न उठ्ने भएकाले उनलाई अनुकूल हुनेगरी विधानमै परिभाषा गरिएको छ ।


Last Updated on: October 3rd, 2021 at 6:14 pm
२२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया