बिहिबार ११ आश्विन २०८०

गर्भावस्था देखि नै निकै चर्चामा रहेकी नायिका प्रियंका कार्कीकी छोरीको न्वारान भएको छ । उनले आफ्नी ११ दिनकी छोरीको तस्वीर सार्वजनिक गरेकी छिन् । केही समय अघि प्रियंकाले छोरीलाई जन्म दिएकी थिइन् । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको जानकारी दिएकी थिइन्।

गर्भावस्थाका अनौठा तस्बिर सार्वजनिक गरेका कारण चर्चामा रहेकी प्रियंका आमा बन्ने अवसरको पर्खाइमा रहेकाहरुका लागि उनले जानकारी दिएकी थिइन् । आफ्नो पहिलो सन्तानको तस्बिर पनि उनले केही समय अघि सार्वजनिक गरेकी थिइन्।

जसमा प्रियंका, उनका पति आयुष्मान देशराज जोशी पनि देखिएका थिए । उनीहरुले आफ्नो पहिलो सन्तानलाई काखमा लिएको तस्बिरमा देख्न सकिन्छ । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन्।

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि।सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए । प्रियंकाको यो दोस्रो विवाह हो। स्वतन्त्र आफ्ना भनाई राख्ने प्रियंका कहिले काँही यस्तै भनाईले आलोचित पनि हुन्छिन् । तर उनले त्यस्ता कुराहरुको वेवास्ता गर्ने गरेकी छन्।

काठमाडौँ । नेकपा (एमाले) ले पार्टी सदस्यता दिने प्रक्रियालाई सरलीकरण गर्दै अबदेखि यसबारे सम्बन्धित जिल्ला कमिटीले नै निर्णय गर्न सक्ने व्यवस्था गर्ने भएको छ । यसअघि एमालेको जिल्ला कमिटीले सदस्यताबारे तत्कालीन अञ्चल कमिटी हुँदै केन्द्रीय कार्यालयमा सिफारिस गर्ने र केन्द्रीय सङ्गठन विभागले निर्णय गर्ने व्यवस्था गरिएको थियो ।

ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनमा उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा सदस्यता लिन चाहनेले सम्बन्धित पालिका कमिटीमा निवेदन दिने, जिल्ला कमिटीले निर्णय गर्ने, प्रदेश कमिटीले अनुमोदन गर्ने र केन्द्रीय सङ्गठन विभागले सदस्यता नम्बर प्रदान गर्ने नयाँ तथा सरल प्रक्रिया प्रस्ताव गरिएको छ । उक्त प्रस्तावलाई सहभागी प्रतिनिधिले सकारात्मक मानेका छन् । सबै तहका कमिटीमा आ–आफ्नो कार्यक्षत्रका सदस्यको अभिलेख ती तहले राख्ने व्यवस्था गरिएको छ ।

साथै विधानमा पार्टी सदस्यता एक प्रकारको कायम राखिएको छ । सदस्यको योग्यतालाई मापनयोग्य बनाइएको छ । सदस्यता प्राप्त गरेपछि छ महिनासम्म परीक्षणकाल रहने र सो अवधिमा न्यूनतम जिम्मेवारी पूरा गरेमा परीक्षणकाल स्वतः पूरा हुनेछ । परीक्षणकालमा चुन्ने–चुनिने बाहेकका अन्य अधिकार सदस्य सरह हुने व्यवस्था गरिएको छ ।

राष्ट्रिय महाधिवेशनले अध्यक्ष–१, उपाध्यक्ष– ५, महासचिव–१, सचिव–६ समेत २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने प्रस्ताव गरिएकामा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थप्न सुझाव आएको छ । केन्द्रीय कमिटीमा कम्तीमा एक तिहाइ महिलासहित नेपाली समाजको विविधता प्रतिबिम्बित हुने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको छ । केन्द्रीय कमिटीले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीको

हार्दिक बधाई । प्रहरी निरीक्षक (इन्स्पेक्टर ) जस्तो गरिमामय पदमा नियुक्त हुन सफल भएकोमा।।

काठमाडौं । जी प्रहरी निरीक्षक जस्तो गरिमामय पदमा नियुक्ति हुन सफल भएकोमा हजुरलाई हार्दिक बधाई,एंव सफलताको शुभकामना । प्रहरि निरीक्षक को नतिजा मा उहाँले नाम निकाल्न सफल हुनु भएको हो ।

प्रहरी संगठनका वहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवारहरु र अमर/सहिद प्रहरी परिवारका सदस्यहरुको लागि विभिन्न कल्याणकारी योजना तर्जुमा तथा कार्यान्वयन गरी आर्थिक सहयोग पुर्‍याई प्रहरी सेवा प्रति आकर्षण तथा आस्था अभिबृद्धि गर्ने उद्देश्यले प्रहरी कर्मचारीहरुको आयश्रोतबाट कोष सञ्चालन गर्न २०३९/११/१२ गते जिल्ला प्रशासन कार्यालय, काठमाण्डौमा “प्रहरी कल्याण केन्द्र” नामक संस्था दर्ताको पहिलो प्रयास गरिएको र पछि

२०४९ सालदेखि शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघका मिशनहरुमा नेपाल प्रहरीको सहभागिता सँगसँगै कोष बृद्धि हुँदै गएपछि “प्रहरी कल्याण कोष विधान, २०५२” बनाई संस्था दर्ता ऐन अनुसार जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंमा “प्रहरी कल्याण कोष” नामक संस्था २०५२/०४/१८ मा दर्ता गरी कोष विधान सम्मत र व्यवस्थित रुपले सञ्चालन शुरु गरिएको हो ।


Last Updated on: October 3rd, 2021 at 6:17 pm
२७० पटक हेरिएको

तपाईको प्रतिक्रिया