बिहिबार ११ आश्विन २०८०

तीन वर्षीय बालकको उपचारमा ढिलो हुँदा मृ त्यु भएको भन्दै अस्पतालमा तोडफोड,श व अस्पतालमै
May 13, 2021 i news 13NewsNo Commenton तीन वर्षीय बालकको उपचारमा ढिलो हुँदा मृ त्यु भएको भन्दै अस्पतालमा तोडफोड,श व अस्पतालमै
सोलुखुम्बु, ३० वैशाख- उपचारका क्रममा तीन वर्षीय बालकको मृत्युपछि जिल्ला अस्पताल फाप्लुमा तो ड फो ड भएको छ । सोलुदुधकुण्ड नगरपालिका–४ सुर्केका ङिमानुरु शेर्पाको उपचार ढिला हुँदा ज्या न गएको भन्दै आफन्तले अस्पतालको आकस्मिक कक्षमा तो ड फो ड गरेका हुन् ।

तोडफोडमा उत्रेका मध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । पखला लागेका बिरामी शेर्पालाई उपचारका लागि बुधबार फाप्लु अस्पताल ल्याइएकामा चिकित्सकले राम्रो जाँच नगरी औषधि लेखर त त्काल घर पठाएको आफन्तको गुनासो छ ।

बिरामीको अवस्था बिग्रदै गएपछि आज बिहान पुनः अस्पताल लाँदा पनि समयमा नै उपचार नगरिएको आफन्तको दावी छ । अस्पतालले लेखिदिएको औषधि लिन दोर्पुसम्म पुग्दा ढिला भएको मृ त क बालकका बुबा दावा गेलु शेर्पाले बताउँनुभयो ।

जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख शानी शेर्पाले भने बुधबार अस्पतालले दिएको औषधि सेवन न गर्दा अवस्था ज टिल बनेको बताउनुभयो । औषधीको सट्टा फ्रुटीलगायतका खानेकुरा खुवाउनका साथै अवस्था ज टिल भएपछि तत्काल अस्पताल नआउँदा बालकको मृ त्यु भएको अस्पतालको दावी छ । आफन्तले बालकको श व नबुझेपछि अस्पतालमै राखिएको छ ।


Last Updated on: May 14th, 2021 at 12:11 am
१४९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया