आइतबार १४ आश्विन २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना पत्रकार सहित मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तान विरुद्ध मु द्दा दर्ता गरेको छ । जसमा ५ जना परेका छन् । पत्रकार रामकुमार एलन र टंकबहादुर सहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मु द्दा दायर भएको हो ।अख्तियारले शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ । अख्तियारले जारी गरेको सूचनामा यस्तो देखिएको छ । मुक्तान एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेपछि अध्यक्ष मुक्तानसहितका एमाले नेता र कर्मचारी तथा एमालेका पत्रकारहरूभित्र खैलाबैला भएको छ ।आर्थिक वर्ष २०७५र७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम सञ्चालन गर्दा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले छानविन र अनुसन्धान गरेको थियो ।

आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम सञ्चालन वापत भएको गरेको कामभन्दा बढी २ लाख ६० हजार ९ सय भुक्तानी गरि लिएरदिएको पुष्टि हुन आएको भन्दै अख्तियारले सो कार्यक्रममा देहायका व्यक्तिहरूले भ्रटाचार गरेको ठहरसहित आरोपपत्र दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तान, फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजाल(एलन), कैलाश गाउँपालिकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी र आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेलविरुद्ध आरोपपत्र दायर गरेको छ ।

पालमा अथाह संभावना हुँदा हुँदै चर्चित गायक पशुपति शर्मा विदेश उडे, अमेरिकामा महिनामा नै १० लाख रुपैयाँ बढी आम्दानी हुने भएपछि ५ वर्षका लागि भन्दै अमेरिका हानिए पशुपति, भन्छन् नेपालमा कमाएको पैसाले पैसाले काठमाडौँमा भव्य बंगला बनाउन सकिएन, अमेरिकाबाट कमाएर ल्याएको पैसाले काठमाडौँमा भव्य बंगला किन्ने हो, हेर्नुहोस् भिडियो

न्यादी हाइड्रोपावरको आईपीओमा करिब १४ लाखको आवेदन, ८ गुणा बढी शेयर माग न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ करिब १४ लाखले आवेदन दिएका छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार आइतबार साँझसम्ममा १३ लाख ७९ हजार आवेदनबाट १ अर्ब ७२ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ५२ हजार २४० कित्ताको लागि आवदेन परेको छ ।

यो सर्वसाधारणलाई निष्काशन गरेको २० लाख ९२ हजार ५०० कित्ताको ८.२४ गुणा बढी हुन आउछ ।कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर

बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।कम्पनीले निष्काशन गेरको शेयरमा माग भन्दा बढी आवेदन परिसकेकोले असोज १९ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा

सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ ।हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । स्थानियलाई १५ करोड रुपैयाँ, संस्थापक शेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

१ अर्ब ७२ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ५२ हजार २४० कित्ताको लागि आवदेन परेको छ ।यो सर्वसाधारणलाई निष्काशन गरेको २० लाख ९२ हजार ५०० कित्ताको ८.२४ गुणा बढी हुन आउछ ।कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २

 


Last Updated on: October 4th, 2021 at 1:41 pm
१६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया