
म्यूजिक भिडियोमा भन्दा दोब्बदर कमाई हुने भएपछि चर्चित मोडल अञ्जली अधिाकरीले यो फाइभ स्टार होटलमा वेटरको काम थालिन्, भन्छिन् अब बिदाको दिन मात्रै म्यूजिक भिडियो खेल्छु अरु त ५ तारेमा नै ब्यस्त हुन्छु, दुवै तिरको पैसा बटुलेर काठमाडौँमा बंगला बनाउने हो, अनी मात्र विबाह गर्ने हो, हेर्नुहोस् अञ्जलीले खोलीन् अहिलेसम्म बाहिर नआएका रहस्यहरु
किन घटिरहेको छ रेमिट्यान्स ? साउन महिनाको रेमिट्यान्स आप्रवाह असार महिनाको तुलनामा घटेको छ । असारमा ९२.७ अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएकोमा साउनमा अझै बढेर आउने अपेक्षा विपरित घटेर ७६ अर्बमा सीमित भएको छ । कोरोना महामारीको लकडाउनमा अनौपचारिक क्षेत्र खुला नभएका कारण सबै बैकिङ च्यानलबाट रेमिट्यान्स भित्रिएको कारण बढेको देखिए पनि अहिले प्रायः सबै बजार खुला भएकाले अनौपचारिक क्षेत्रबाटै रेमिट्यान्स आएको हुनसक्ने आशंका विज्ञहरुले गरेका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असार महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २५ प्रतिशतले रेमिट्यान्स बढेको थियो भने साउन महिनाको तथ्यांकलाई गत वर्षको सोही महिनाको तथ्यांकसँग तुलना गर्दा भने १८.१ प्रतिशतले घटेको छ । ‘लकडाउन खुलेपछि सबैतिरको बजार खुलेको छ । औपचारिक च्यानलबाट आउने रेमिट्यान्स अनौपचारिक क्षेत्रबाट आउन थालेको जस्तो छ,’ नेपाल रेमिटर्स एसोसिएसनका पूर्व अध्यक्ष एवम् हुलास रेमिटका प्रमुख कार्यकारी अधिकृत दिवाकर थापाले भने ।
पछिल्लो समय कोरोना भाइरसका कारण नेपाली कामदारहरु जाने देशको अर्थतन्त्र पनि राम्रो भइनसकेको कारण रोजगारी गुमाएर स्वदेश फर्किने क्रम बढेको छ । तिनीहरुले फर्किदा पैसा बोकेर आउनुको सट्टा प्रायः मोबाइल सुन नै बोकेर आउने गरेकाले पनि रेमिट्यान्स घटेको हुन सक्ने उनले बताए । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा १३ हजार ८ सय जना कामदार वैदेशिक रोजगारीमा गएका छन् । अघिल्लो आर्थिक वष २०७६।७७ को साउनमा जम्मा १ सय ४० जना कामदार मात्रै वैदेशिक रोजगारीमा गएका थिए । २०७५।७६ को साउनमा भने १७ हजार ५ सय ८० जना वैदिशक रोजगारीमा गएको तथ्यांक छ ।
नेपालमा न्यून विजकीकरणको समस्या अझै निराकरण हुन सकेको छैन । विदेशबाट सामान मगाउँदा न्यून मूल्य राखेर सामान मगाउने र बाँकी रकम विदेशमै सेटल गर्ने प्रचलन समेत बढेको जानकारहरु बताउँछन् । पछिल्लो समय छिमेकी राष्ट्रहरुबाट सामान आयात गर्दा सम्बन्धित देशको मोबाइल वालेटहरुमा पैसा पठाउने चलन बढेको नाम उल्लेख नगर्ने शर्तमा एक व्यापारीले बताए । भारतमा पेटीएम र चीनमा वीच्याट, अलिपे जस्ता मोबाइल वालेट प्रचलनमा छन् । त्यस्तो वालेटमार्फत सम्बन्धित पक्षलाई भुक्तानी दिने र नेपालमा निजको परिवारलाई नेपाली रुपियाँ