
चर्चित नायिका विपना थापालाई पानीले बगायो, विपनालाई खोलाए बगाएपछि छोप्न जानेहरुको लर्को लाग्यो, विपनालाई खोलाले बगाउँदा कतिले भिडियो, कतिले टिकटक बनाए, हेर्नुहोस् यो भाइरल भिडियो
किन घटिरहेको छ रेमिट्यान्स ? साउन महिनाको रेमिट्यान्स आप्रवाह असार महिनाको तुलनामा घटेको छ । असारमा ९२.७ अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएकोमा साउनमा अझै बढेर आउने अपेक्षा विपरित घटेर ७६ अर्बमा सीमित भएको छ । कोरोना महामारीको लकडाउनमा अनौपचारिक क्षेत्र खुला नभएका कारण सबै बैकिङ च्यानलबाट रेमिट्यान्स भित्रिएको कारण बढेको देखिए पनि अहिले प्रायः सबै बजार खुला भएकाले अनौपचारिक क्षेत्रबाटै रेमिट्यान्स आएको हुनसक्ने आशंका विज्ञहरुले गरेका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असार महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २५ प्रतिशतले रेमिट्यान्स बढेको थियो भने साउन महिनाको तथ्यांकलाई गत वर्षको सोही महिनाको तथ्यांकसँग तुलना गर्दा भने १८.१ प्रतिशतले घटेको छ । ‘लकडाउन खुलेपछि सबैतिरको बजार खुलेको छ । औपचारिक च्यानलबाट आउने रेमिट्यान्स अनौपचारिक क्षेत्रबाट आउन थालेको जस्तो छ,’ नेपाल रेमिटर्स एसोसिएसनका पूर्व अध्यक्ष एवम् हुलास रेमिटका प्रमुख कार्यकारी अधिकृत दिवाकर थापाले भने ।
पछिल्लो समय कोरोना भाइरसका कारण नेपाली कामदारहरु जाने देशको अर्थतन्त्र पनि राम्रो भइनसकेको कारण रोजगारी गुमाएर स्वदेश फर्किने क्रम बढेको छ । तिनीहरुले फर्किदा पैसा बोकेर आउनुको सट्टा प्रायः मोबाइल सुन नै बोकेर आउने गरेकाले पनि रेमिट्यान्स घटेको हुन सक्ने उनले बताए । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा १३ हजार ८ सय जना कामदार वैदेशिक रोजगारीमा गएका छन् । अघिल्लो आर्थिक वष २०७६।७७ को साउनमा जम्मा १ सय ४० जना कामदार मात्रै वैदेशिक रोजगारीमा गएका थिए । २०७५।७६ को साउनमा भने १७ हजार ५ सय ८० जना वैदिशक रोजगारीमा गएको तथ्यांक छ ।
नेपालमा न्यून विजकीकरणको समस्या अझै निराकरण हुन सकेको छैन । विदेशबाट सामान मगाउँदा न्यून मूल्य राखेर सामान मगाउने र बाँकी रकम विदेशमै सेटल गर्ने प्रचलन समेत बढेको जानकारहरु बताउँछन् । पछिल्लो समय छिमेकी राष्ट्रहरुबाट सामान आयात गर्दा सम्बन्धित देशको मोबाइल वालेटहरुमा पैसा पठाउने चलन बढेको नाम उल्लेख नगर्ने शर्तमा एक व्यापारीले बताए । भारतमा पेटीएम र चीनमा वीच्याट, अलिपे जस्ता मोबाइल वालेट प्रचलनमा छन् । त्यस्तो वालेटमार्फत सम्बन्धित पक्षलाई भुक्तानी दिने र नेपालमा निजको परिवारलाई नेपाली रुपियाँ नै भुक्तानी गर्ने गरेको उनको दाबी छ ।
नेपालबाट बढी वैदेशिक रोजगारीमा जाने देशहरुमा मलेसिया, दक्षिण कोरियाजस्ता देश अझै रोजगारीमा जानेहरु बढेका छैनन् । खाडी मुलुकहरुको अर्थतन्त्र पनि द्रुर्त गतिमा अघि बढ्न सकेको छैन । वैदेशिक रोजगारीमा जाने संख्यामा कमी र फर्किनेको संख्या बढी रहेको तथ्यांक छ । ‘कुल विदेशमा रहेका नेपाली कामदारको संख्या नै घटेको हुनाले पनि रेमिट्यान्स घटेको हो,’ अर्थविद् डा. चन्द्रमणि अधिकारीले भने । रेमिट्यान्स घट्दा बहुपक्षीय प्रभाव पर्छ । रेमिट्यान्स घट्दा भुत्तानी सन्तुलन बिग्रने, वैदेशिक व्यापारमा समस्या र देशको सुशासनमै असर पर्ने हुन्छ । पछिल्लो समय एटीएम कार्डको प्रयोग बढ्दा भारतबाट समेत औपचारिक च्यानलबाट रेमिट्यान्स भित्रिने गरेको छ । सुन चाँदीलगायतका सामान किन्न रेमिट्यान्सको रकम प्रयोग भएको हुन सक्नेमा पनि अर्थविद् डा. अधिकारीले आशंका व्यक्त गरे ।
पूर्व अर्थसचिव रामेश्वर खनालले भने नेपालमा आउनुपर्ने रकम रेमिट्यान्स कम्पनीहरुले सम्बन्धित देशमा होल्डमै राखेकोले पनि रेमिट्यान्समा गिरावट आएको आशंका गरे । पछिल्लो समय औपचारिक माध्यमबाटै सुन आयात बढिरहेको भए पनि अनौपचारिक माध्यमबाट पनि सुन आयात बढेको जानकारीमा आएको उनले बताए । अनौपचारिक माध्यमबाट आएको सुनको भुक्तानी भने विदेशमा होल्ड भएर बसेको डलरबाटै भुक्तानी भएको हुन सक्ने अनुमान गरे । ’डलर विदेशमा होल्ड भएर बसेको हो कि होइन भन्ने विषयमा राष्ट्र बैंकले १५–२० दिनको अनुसन्धानमा नै पत्ता लगाउन सक्छ ।
डलर विदेशमा होल्ड भएर नै बसेको हो भने सो महिनामा नेपालको बैकिङ प्रणालीमा निक्षेप वृद्धिदर घटेको हुनुपर्छ,’ पूर्व अर्थसचिव खनालले भने । हुलास रेमिटका कार्यकारी अधिकृत थापाले भने अहिले विदेशमा डलर होल्ड भएर बस्नुपर्ने कुनै कारण नरहेको बताए । अमेरिकी डलरको विनिमय दर धेरै घट्दा होल्ड हुनु स्वभाविक नै भए पनि अहिले विनिमय दर स्थिर नै रहेकाले त्यस्तो सम्भावना नरहेको उनले बताए । केही डलर न्यून विजकिरणमा प्रयोग भएको हुन सक्नेमा भने उनले सहमति जनाए ।