मंगलबार १६ आश्विन २०८०

जब मार्थाले त्यो हतारको अवस्थामा पनि मलाई आफ्ना कुरा सुनाउने अनुमति दिईन् अनि शुरु भयो उनको भोगाईको कथा सुन्न । अस्पतालको कम्पाउण्ड भएको हुनाले मानिसहरुको कोलाहलले बाहिर बसेर कुरा गर्ने अवस्था थिएन । त्यसैले उनले चलाएको ट्याक्सि भित्र बसेर मैले उनका कुरा सुनें । कुनै पनि मान्छेको सफलता तब हुन्छ जब उस्ले जीवनमा केही गर्छु भन्ने ठान्दछ । र त्यस्कालागि उस्ले केही घटनाक्रमसंग जुद्धनु पर्ने हुन्छ । मार्थाले पनि जीवनमा यस्तै केही घटनासंग जुद्धनु पर्यो ।

कल्पनासम्म नगरेको संघर्षलाई जीवनको सारथी बनाउनु प¥यो मार्थाले । उनले आफ्नो क्षमताको प्रदर्शन आफ्नै श्रीमानलाई चुनौतिका साथ देखाउनु पर्यो । अक्सर चुनौति त प्रतिस्पर्धीसंग हुने गर्छ । तर मार्थालाई आफ्नै श्रीमानसंग जीवनको संघर्षमा पैठेजोडी खेल्दै चुनौतिलाई स्वीकार गरेर सम्बन्धलाई नै धारमा राख्नु पर्यो । श्रीमान हुँदा हुँदै आज उनी आफुलाई एकल महिला भन्न रुचाउँदि रहिछन् ।

कारण श्रीमानले अर्कैसंग मेरिटल अफेएर चलाएर उनलाई गरेको घृणा र यातना । श्रीमानले आफुलाई गरेको दुव्र्यवहारलाई मार्थाले तबसम्म सहेकी रहिछन् जबसम्म उनीमा सहन सक्ने क्षमताको बाँध थियो । जब श्रीमानको यातना उनी भन्दा माथि उठेर छोरीमा पनि हुन थाल्यो अनि आफुमा सिमित भएको यातनाको परिधिलाई तोड्दै बिद्रोहको आवाजलाई बुलन्द गरिछन् मार्थाले ।


Last Updated on: May 14th, 2021 at 10:49 am
४६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया