बुधबार १० आश्विन २०८०

पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ ।

लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आ,रो,प,मा प्रहरीले एक जनालाई प,क्रा,उ गरेको छ ।

काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई प,क्रा,उ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

प,क्रा,उ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।

शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ ।

गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ । काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको छ ।

चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको एसपी बस्नेतले बताए । आरोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।


Last Updated on: October 4th, 2021 at 6:06 pm
२३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया