बिहिबार ११ आश्विन २०८०

सरीको दुहवी र मोरङको विराटनगरमा भएका अलग अलग सवारी दु’र्घटना’मा परेर तीन जना’को मृ’त्यु भए’को छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सुनसरीको दुहवी नगरपालिका १० स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १९ प ५०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोल’मा ठो’क्कि’ए’र दुर्घ’टना हुँदा मोटरसाइकल चालक दुहवी ११ का ४५ वर्षीय ईश्वरचन माझी चौधरी’को मृ’त्यु भएको छ ।

दु’र्घ’टनामा परेर टाउको’मा ग’म्भी’र चो’ट लागेका उनको उपचारका क्रममा मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, दुहवी ८ मा यात्रुबहाक बसको ठक्करबाट पैदल यात्री’को मृ’त्यु भए’को छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको ना ५ ख ४५१३ नम्बरको बसले ठ’क्क’र दिँ’दा पैदल यात्री मोरङको बेलबारी नगरपालिका बस्ने ७२ वर्षीय वृद्ध पवनलाल चौधरी’को मृ’त्यु भएको हो ।

बसको ठ’क्क’रबा’ट ग’म्भीर घाइते भएका वृद्धको उपचारका क्रममा विराट शिक्षण अस्पताल’मै मृ’त्यु भए’को हो । दु’र्घटना’पछि प्रहरीले बस र चालक सप्तरीको सप्तकोसी नगरपालिका ५ का ४४ वर्षीय रोहितबहादुर विष्टलाई नियन्त्रणमा लिएर घट’नाको अनुसन्धान थालेको छ ।

यस्तै, विराटनगर महानगरपालिका १४ भगवती टोलमा रोकेर राखेको सिटी सफारी दु’र्घट’ना हुँदा एक बालक’को मृ’त्यु भएको छ । प्रहरीका अनुसार घरनजिक रोकेर राखेको को १ ह ४३५० नम्बरको सफारीमा अमर महतोका अढाई बर्से छोरा अनिल महतो खेल्दै थिए ।

खेल्ने क्रममा आफैँ अगाडि बढेको सफारीले ९ महिने नाबालक सुनिल महतोला’ई ठ’क्क’र दिएको थियो । सफारीको ठ’क्कर’बाट घा’इते भएका सुनिलको उपचारका क्रममा न्युरो अस्पताल विराटनगर’मा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

मृ’त्यु भएका ९ महिने नाबालक अमरका छोरा एवम् अनिलका भाइ हुन् । घ’टनाबारे थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । फोटो फाइल

संविधान आएको एकै किरणमा जनताका सारा रङ्ग र रूपको आकर्षक ढोकाहरू उघ्रिए। भविष्यप्रति अति आश्वान्वित हुँदै नेताहरूलाई जनताले असीम अनुकम्पा र आभार प्रकट गरे।जनताका इच्छा,चाहाना,सङ्कल्प,दृष्टिकोण,योजना र आशाहरू फेरि पलाए।

तर आज यो समाज नेपाल बन्द ,भ्रष्टाचार,बेरोजगारी,बलात्कार,चोरी,डकैती,हत्या,हिंसा,प्रदूषण बढ्दै किन देश अधोगतितिर लागिरहेको छ ?

वातावरण भएर होइन ! वातावरण नभएर होइन ! वातावरण बनाउन नसकेर होइन ! वातावरण नबनेर होइन ! आज यो देशको विकास त स्वयम् कल्पनाको बिम्बको रूपमा अग्रगामी रूप लिएको छ ॥

सामान्य घटनालाई असामान्य र रहस्यमय किन बनाइन्छ ?

मोती फल्ने हिमाल,चिरञ्जीवी जडीबुटी फल्ने तराई , पहाड , धार्मिक भावनामा रहेका मन्दिर,मस्जिद र प्रसिद्ध धार्मिक स्थलहरूमा मनपरी चलेको कमजोर कार्यान्वयन नीतिले गर्दा आज मेरी आमा गरिब भएकी छन् ॥

स्वतन्त्रता र न्यायको सुनिश्चिततामा लम्किने नेपालीलाई आज नेतृत्व गर्ने मानिसहरू कमजोर भएका छन् ॥

समाजसेवी कुशल नेतृत्व बहन गर्ने देश प्रेमी नेपालीहरूको खाँचो छ ॥ आज यो देश नेपालमा जायज असन्तुष्टिको गृस्मताप र शरद ऋतुको बहावलाई तोड्न सक्ने नेपालीको आवश्यकता छ ॥ जातिभेदको हतकडीमा भेदभावका सर्पहरू घिस्रिएको यस्तो दारुण अवस्थालाई समाल्न सक्ने नेपालीको खाँचो छ !!!

आज नेपाली जनताहरू मानी नभएको जिन्दगी , उड्दा उड्दै खसेको पन्छी , बग्दा बग्दै रोकिएको नदी ,माटो विहीन ढुङ्गो,मैदान मा फहराएको घोडा सरह निरुत्साहित र लखतरान भई थाकेका छन् ।

आज किन मर्दै छ हामीमा हामी बाचेको युग ?

हामी नेपाली जातीय , रङ्गभेदमा बदल्न बलौटे धापबाट उचाली भातृत्वको भावनामा आड्बद्द भएर रहनुपर्ने समय आएको छ । मातृ प्रेमको सङ्गीतमा रूपान्तरण गर्दै स्वतन्त्र र संवृद्ध नेपाल निर्माण गर्न हामी नेपाली किन अग्रसर हुँदैनौ ?

ज्वरमुक्त सूर्य ! जलनमुक्त आकाश ! र तृप्त ताल भएर हामी किन बस्छौँ ?

लेखाइमा मात्र हैन संविधानलाई तन ,मन वचन र कर्मले कार्यान्वयन गराऔँ ॥सर्वप्रथम सबैले आफूबाट सुरु गरौँ अनि बन्छ नेपाल र पुरा हुन्छ नेपालीको चाहना ॥

आज २०७५ आश्विन ३ गते संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा खुसीका लहरहरू छाओस् र संविधान कार्यान्वयन होस् ।

संविधान दिवसको हार्दिक शुभकामना।

 

 


Last Updated on: October 4th, 2021 at 6:10 pm
२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया