
निर्देशक शोभित बस्नेतले एक कार्यक्रममा आफ्नो गल्ती सुइकार्दै भने म गलत रहेछु, ‘महानायक’ राजेश हमाल नै हुन् ।
उक्त कार्यक्रममा महानायक राजेश हमालको फोटो लाई प्रमुख अतिथी बनाइएको थियो, यस्तो किन त भनेर प्रश्न गर्दा शोभित भन्छन ‘मैले जहिले पनि महानायक भन्दा सुपरस्टार ठूलो भन्ने ठान्थेँ ।
यसैले, चलचित्र क्षेत्रमा राजेश हमाल भन्दा ठूलो कोही पनि छैन भनेर उहाँलाई सुपरस्टार भनेको हुँ ।
तर, म गलत रहेछु । यसैले, सबैसँग माफी माग्दै आजबाट हरेक ठाउँमा राजेश हमाललाई नै महानायक भन्नेछु । मेरो लागि अब सुपरस्टार भुवन केसी हुनुहुन्छ ।’ उनि निर्देशित चलचित्र ‘डाँडाको वरपीपल’ दशैको छेको पारेर प्रदर्शनमा आउँदै छ । भिडियो: