
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आट तथा हिम्मतका साथ अगाडि बढ्ने समय रहेकोछ । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईको नाम आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्ने योग रहेकोछ । लामो समयदेखि फैसला हुन नसकेका बिषयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । आफन्त तथा साथिभाईहरुको सहयोगले नया कामको थालनि गर्न सकिनेछ । माया प्रेममा खुलेर रमाउन सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेमका कोपिलाहरु नचाहादा नचाहादै फक्रन नपाउँदा मनमा तनाब पैदा हुनेछ । बिभिन्न कारणले अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । समय तालिका अनुशार नचल्नाले दुख पाईनेछ भने अरुकै काममा समय बित्नेहुदा आफ्नो काम थाति रहनेछ । अरुको लहैलहैमा लागेर व्यापार व्यावसायमा लगानि गर्दा लगानि डुब्ने प्रबल सम्भावना रहकोछ ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिहानको समय राम्रो रहेकोल अध्ययनमा मन जानेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाजुभाई तथा छिमेकिको सहयोगले परिणाममुखि काम गर्न सकिने समय रहेकोछ । तपाईले शुरु गरेको काममा सबैको सहयोग तथा समर्थन रहनेछ । काम गर्ने शैलि परिवर्तन गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । अदालति तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने पुराना बि,वा,द,हरु साम्य गर्न सकने समय रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै गन्तब्य पहिल्याउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग म,न,मु,टा,ब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । बिहानको समय राम्रो रहेकोले व्यापारमा मन जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो समयदेखि भेट नभएका मित्र आफन्त सँग मिलान हुनेहुनाले मन प्रशन्न रहनेछ । वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समाचारले मन दुखित तुल्याउँनेछ भने समयमा काम नबन्नाले मान सम्मानमा कमिको महशुष हुनेछ । अन्य काममा ब्यास्त रहनाले पढाई लेखाईमा समय दिन सकिने छैन । बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक कारोबार फस्टाएर जाने तथा दैनिकी सहजै बित्नेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेकोछ । तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पति लाभ हुने ग्रहयोग रहेकोछ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । बिहानको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ । सरकारी काममा सेवा प्रभाव गर्नेहरुले समयमा काम नगर्दिनाले बिभिन्न अवसरबाट बञ्चित हुनु पर्नेछ । माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले केहि समयका लागि टाडिनु पर्ने हुन सक्छ । धार्मिक तथा सामाजिक कार्यमा सहभागि भई समाजको काम गर्ने बाताबरण बनेर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा म,न,मु,टा,व बढ्नेछ । बिहानको समय राम्रो रहेकोले खोजमुलक क्षेत्रमा भनेजस्तो उपलव्धि हासिल गर्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।