शुक्रबार ०५ आश्विन २०८०

पर्साको वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले एसिड प्रहारबाट घाइते मुस्कान खातुनको उपचारका लागि रु दुई लाख सहयोग गर्नुभएको छ ।प्रमुख सरावगीले आफ्नो सेवा सुविधालगायत पारिश्रमिकको रकमबाट स्थापना गर्नुभएको ‘मेयर कल्याणकारी कोष’बाट उक्त रकम खातुनलाई सहयोग गर्नुभएको हो । एसिड प्रहारबाट खातुनको घाँटी, पेट र छातीमा घाउ भएको छ । उहाँको तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था छ । खातुनको उपचारका लागि आर्थिक अभाव भएपछि नगर प्रमुख सरावगीले सहयोग गर्नुभएको हो । खातुनको कानको समेत शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि आर्थिक अभाव भएकाले उहाँलाई सक्दो सहयोगका लागि नगर प्रमुख सरावगीले सबैमा अपिल गर्नुभएको छ ।

यो पनि- असहाय तथा विपन्नको हित गर्नु पुण्य कार्य : प्रदेशप्रमुख गुरुङ

गण्डकी प्रदेशप्रमुख पृथ्वीमान गुरुङले समाजका विपन्न तथा असहाय वर्गको हितमा लाग्नु नै सबैभन्दा महत्वपूर्ण पुण्य कार्य हुने बताउनुभएको छ । पोखरा महानगरपालिका–२० भलाम डाँडागाउँ टोल विकास संस्थाको पाँचौँ साधारणसभा तथा युके समाजद्वारा उपलब्ध गराइएको राहत वितरण कार्यक्रममा उहाँले प्रत्येक व्यक्तिले आप्mनो आयआर्जको केही रकम समाजको उत्थानमा लगाउनुपर्ने बताउनुभयो ।

वैदेशिक रोजगारमा रहेका नेपालीले समाजमा परेका प्रत्येक अप्ठेरा परिस्थितिमा सहयोग गरेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उहाँले त्यस्ता सहयोगको पूर्णरूपमा सदुपयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रदेशप्रमुख गुरुङले भन्नुभयो, “नेपालीहरुले विदेशबाट सिकेको सीप र ज्ञानलाई मुलुकको विकासमा लगाउनु पर्दछ ।” जनताको त्याग र तपस्याबाट प्राप्त संवैधानिक अधिकारका बारेमा जनतालाई सचेत गराउनुपर्नेमा जोड दिँदै प्रमुख गुरुङले प्राप्त अधिकारको रक्षासँगै उपयोग गर्दै आर्थिक समृद्धिमा जुट्नुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा उहाँले समाजद्वारा प्रकाशित डाँडागाउँको परिचय दिने गरी प्रकाशित स्मारिकाको विमोचनसहित युके समाजद्वारा उपलब्ध गराइएको रु एक लाख ५० नौजना बाढीपहिरो पीडितलाई वितरण गर्नुभएको थियो ।समाजले डाँडागाउँ समाजको विकासका लागि रु दुई लाख आठ हजारसमेत सहयोग गरेको युके समाजका प्रतिनिधि बुद्धिमान गुरुङले जानकारी दिनुभयो ।कार्यक्रममा पोखरा–२० का वडाध्यक्ष सिम गुरुङले युके समाजले बाढीपीडितलाई दुःखको अवस्थामा गरेको सहयोगको सराहना गर्दै वडाको विकासमा सबैको साथ र सहयोग रहँदै आएको विचार व्यक्त गर्नुभयो ।

टोल विकास संस्थाका अध्यक्ष क्याप्टेन चोकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष क्याप्टेन दलबहादुर गुरुङ, राजनीतिक तथा समाजिक व्यक्तित्व दीपक गुरुङ, तोरणबहादुर गुरुङ, लुमबहादुर गुरुङलगायतले समाजको विकासका लागि वैदेशिक रोजगारमा रहेका युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको धारणा राख्नुभएको थियो ।


Last Updated on: October 5th, 2021 at 10:47 am
१४० पटक हेरिएको

तपाईको प्रतिक्रिया