शनिबार ०६ कार्तिक २०७८

काठमाडौ । बैंकमा अब ५० हजार रुपैया भन्दा कम पैसा जम्मा गर्न नपाइने भएको छ । बैंक र सडकमा अनावश्यक भिड कम गर्न यस्तो नियम लागू गरिएको हो । महामारीको समय भएकाले सरकारले काठमाडौ लगायतमा मुख्य शहरहरुमा निषेधाज्ञा लागू गरेको छ । निषेधाज्ञा अवधिमा बैंकमा ५० हजार रुपैयाँभन्दा कम रकम जम्मा गर्न नपाइने भएको छ ।

नेपाल बैंकर्स सङ्घले आज विज्ञप्ति निकालेर भिडभाड कम गर्नका लागि ५० हजार रुपैयाँभन्दा कम रकम निक्षेप नलिने जानकारी दिएको छ । अब ५० हजार रुपैया भन्दा कम रकम लिएर तपाई जम्मा गर्न जानुभयो भने बैंकमा जम्मा गर्न पाइने छैन । थोरै रकम जम्मा गर्नका लागि बैंकमा भिड हुने गरेको भन्दै यस्तो निर्णय भएको सङ्घले जनाएको छ । बैंकर्स सङ्घले सकभर विद्युतीय कारोबार गर्न पनि ग्राहकलाई अनुरोध गरेको छ ।

बैंकमा अब ५० हजार रुपैया भन्दा कम पैसा जम्मा गर्न नपाइने भएको छ । बैंक र सडकमा अनावश्यक भिड कम गर्न यस्तो नियम लागू गरिएको हो । महामारीको समय भएकाले सरकारले काठमाडौ लगायतमा मुख्य शहरहरुमा निषेधाज्ञा लागू गरेको छ । निषेधाज्ञा अवधिमा बैंकमा ५० हजार रुपैयाँभन्दा कम रकम जम्मा गर्न नपाइने भएको छ ।

यस्तै डिम्याट खाता खोल्ने काम पनि तत्कालका लागि रोकिएको सङ्घले जनाएको छ । यो निर्णय निषेधाज्ञा अवधिभरका लागि मात्रै भएको बैंकर्स सङ्घले जनाएको छ । सरकारले निषेधाज्ञा हटाएसंगै यो नियम स्वतह हट्ने बताइएको छ ।


Last Updated on: May 14th, 2021 at 11:02 am
६५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया