बिहिबार ११ आश्विन २०८०

सहरमा करोड पर्ने घर र हजारौँ महिनावारी भाडा बुझ्ने घर धनीलाई बागमती सराकारले कौसी खेतीको अनुदान बाडेको छ। चारतले घर मा दुई तला भाडा लाएर छतमा खेती गर्न घरधनी हरू पनि अनुदान लिई रहेका छन् ।

कोठा भाडामा लगाएर महिनावारी भाडा असुल्ने घर धनीले कौसी खेती गर्नलाई अनुदान लिनु लाजको पसारो भएको सर्वसाधारण को ठम्याई छ । हाम्रो बागमती सरकारको नीति पनि बडो गज्जबको छ सहरियालाई छतमा तरकारी फलाउन भनेर कौसी खेतीका नाममा १० हजार अनुदान बाँडिरहेको छ । र, घरधनीहरू पनि अनुदान हात पार्न लाइन लागेर अनुदान थापेका थापै छन् ।

बागमती सरकारले तरकारी खेतीबाटै जीबिको उपार्जन गर्ने किसानको समस्यालाई बुझ्नु पर्ने तर त्यो गर्नु त काहा हो कहा कौसीखेरिको नाममा भकाभक अनुदान दिन तयार छ । तरकारी खेतीबाटै परिवार पाल्ने सहरी क्षेत्र आसपासका वास्तविक किसान राज्यको अनुदानबाट वञ्चित मात्रै छैनन्, उत्पादनको उचित मूल्यसमेत नपाएर निराश छन् । १० हजार अनुदान बुझ्नेमा काठमाडौँको केन्द्र न्युप्लाजा, नयाँ बानेश्वर, बुद्ध नगर र थापाथलीमा घर भएकाहरू भएको खबरहरू बाहिरिएका छन् ।

ललितपुरको भिआइपी क्षेत्र र्भैसीपाटीमा घर भएकाहरुले पनि अनुदान नछाडेका समाचार बाहिरिएका छन् । भैंसीपाटीका मञ्जुश्री जागृति महिला समूह, फुलबारी टोल सुधार समिति, गृहणी कौसीखेती समूहलगायतले अनुदान लिएका छन् । त्यस्तै, भक्तपुर सूर्यवनिायकका बृहत्तर कौसीखेती समूह र डोलेश्वर महिला समूहका नाममा दुई लाख ५० हजारका दरले अनुदान वितरण भएको छ ।

काठमाडौँ १० नयाँ बानेश्वरका २५ घरधनीले सागरिका भट्टको नाममा समूह बनाएर १०, १० हजारका दरले दुई ५० हजार अनुदान लिएका छन् । अनुदान प्राप्त गर्न २५ जनाको समूह बनाएर प्रस्ताव लैजानुपर्छ । त्यस्तै, काठमाडौँ ३ बुद्धनगरका घर धनीले पनि नेपाल महिला मैत्री समाज नाममा समूह बनाएर १०, १० हजारका दरले दुई लाख ५० हजार नै लिएका खबर बाहिरिएका छन् ।

सरकारले असली किसानलाई सहयोग र अनुदान दिनु पर्नेमा कौसी खेतीका नाममा धनाड्यलाई नै अनुदान दिने कुरा नमिलेको बुर्जुक हरुको बुझाई छ ।


Last Updated on: October 5th, 2021 at 1:11 pm
६१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया