बिहिबार ११ आश्विन २०८०

ब्यारेकको मेडिकल वार्डमा काम गर्ने श्रीमान आर्मी ब्यारेकवाट ह’रा’एका छन् । विवाह गरेको करिब ९ वर्ष भइसकेको थियो । तर श्रीमानको कुनै नराम्रो बानी ब्यवहार भएको पनि श्रीमतीलाई थाहा थिएन । तर अचानक ब्यारेकवाटै श्रीमान ह’रा’एपछि श्रीमती खोजी गर्दै काठमाडौ आइपुगीन् ।

यो घटना मिना तामाङको हो । उनका श्रीमान असोज ३ गतेवाट हराएका हुन् । उनी पोष्टेडका कारण स्वास्थ्य समस्यामा थिए । उनी दु’खा’इ स’ह’न नसकेर श्रीमतीसंग एक पटक राम्रोसंग उपचार गराउन पाए हुन्थ्यो भनिरहन्थे । त्यसैले उनले उपचार पनि गरे । श’ल्य’कृया पछि उनी फेरी ब्यारेक फर्कीएका थिए । श’ल्यकृ’या गरेपछि पनि दुखाई कम नभएको श्रीमतीलाई सुनाएका थिए । उनका श्रीमानको नाम अर्जुन कुमार तामाङ हो ।

ताप्लेजुङ घर भएकी मिना अहिले घरमा दुई छोरा छोडेर श्रीमान खोज्दै काठमाडौ आएकी हुन् । ५ वर्ष लागेका दुई जुम्ल्याहा छोरा छोडेर काठमाडौ आएकी उनले अझै श्रीमान कहाँ छन् भन्ने थाहा पाउन सकेकी छैनन् । ब्यारेकको सीसीटीभी क्यामेरा हेर्दा पनि उनी कतै बाहिर गएको देखिदैन । शल्यक्रिया गरेर ब्यारेक गएपछि श्रीमतीले लगातार फोन गर्दा पनि उनले उठाएका थिएनन् । त्यसपछि उनले बहिनीलाई पनि भिनाजुको खोजी गर भनेर पठाइन् ।

बहिनीले ब्यारेक भित्रकै मेडिकलका अर्का कर्मचारीलाई भिनाजुको बारेमा सोध्दा उनले म बाहिर आएको छु दाई मेडिकलमै हुनुहुन्थ्यो भनेर सुनाए । तर साँझ उनी फर्केर ब्यारेकमा खोजी गर्दा उनी फेला परेनन् । त्यसपछि आफुले बहिनीलाई ब्यारेकमै गएर भिनाजुको खोजी गर्दा पनि उनी फेला परेनन् । अहिले सम्म खोजी गर्दा पनि अर्जुन फेला परेका छैनन् ।


Last Updated on: October 5th, 2021 at 2:24 pm
४५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया