बिहिबार १४ मंसिर २०८०

भारतका केन्द्रीय लोक सेवा आयोग यूपीएससीले सन् २०२० को निजामती सेवा परीक्षाको नतिजा सार्वजनिक गरेपछि अहिले एक युवती भारतमा चर्चामा छिन् ।

उमेर र जिम्मेवारीको हिसाबले उनी भारतमा भाइरल नै भएकी छिन् । आयोगले २०२० को अन्तिम नतिजा सार्वजनिक गरेलगत्तै उनको चर्चा उत्कर्षमा पुगेको हो ।

लोकसेवा आयोगको परीक्षामा २३ वर्षको उमेरमै अधिकृत तहमा प्रवेश गरेकी रिया डाबी भाइरल भइरहेकी छिन् । उनले भारतमा १५ औं स्थान हासिल गरेको समाचार एजेन्सीहरूले बताएका छन् ।

सन् २०१६ को यूपीएससी परीक्षामा टपर टीना डाबीकी कान्छी बहिनी हुन् रिया । रियाले २३ वर्षमै आयोगको परीक्षा पास गरेकी छिन् । भारतीय प्रशासनिक सेवा आइएएसमा सफल हुने सबैभन्दा कान्छी प्रतिस्पर्धी हुन् रिया ।

रियाले एक अन्तरवार्तामा आफ्नी आमाबाट प्रेरणा लिने गरेको बताएकी छिन् । आमाले हामी दुवै छोरीहरू आइएएस अधिकृत भएको हेर्ने चाहना राख्नु हुन्थ्यो, म भारतभरमा शीर्ष १५ मा पर्दा उहाँ धेरै खुशी हुनुहुन्छ,’ रियाले भनिन् ।

टीना र रियाकी आमा हिमानी डाबी पनि छोरीहरूको प्रगति देखेर खुशी छिन् । दुईटै छोरीले आफूलाई खुशी र सम्मान दिएको उनले बताइन् । रियाले लेडी श्रीराम कलेज, दिल्लीबाट सन् २०१९ मा राजनीति विज्ञानमा स्नातक तह पूरा गरेकी हुन् ।

सन् २०१६ की उत्कृष्ट टीनाले दिल्ली विश्वविद्यालयबाट स्नातक तहसम्मको पढाई गरेकी छिन् । रियाका अभिभावक पनि सरकारी कर्मचारी हुन् । रियाले आफ्नी दिदी टीना सधैँ आफ्नो मार्गदर्शक भएको बताएकी छिन् ।

रियाले पहिलोपटक परीक्षामा सहभागी हुँदा नै यो सफलता हात पारेकी हुन् । रिया चित्रकला गर्छिन् । परम्परागत चित्रकलाले यूपीएससी निकै धेरै सहयोग गरेको रियाले बताएकी छिन् ।

सल्यान : शुक्रबार बिहानकाे समय थियाे । शिवजन मावी सितलपाटी सल्यानमा कक्षा १२ काे परिक्षा दिएर बरलाका करिब १७/१८ वर्षका रेखा बुढाथोकी, सुनिता नेपाली, सुशीला नेपाली, मिना परियार र दिपा बुढाथोकी घर फर्किदै थिए । उनिहरू सधै सँगै हिड्ने र मिल्ने साथी हुन् ।

सितलपाटी र बरला करिब ३ किलाेमिटरकाे दुरीमा पर्छ । उनिहरु स्कुलबाट हिडेरै घर जाने गर्थे । स्कुलमा परिक्षा दिएर राप्ती राजमार्गबाट हिड्दै गएका उनिहरु बरला नपुग्दै भेटिने बाङ्गेसल्ला नेर बस्छन् । सडककाे घारी पिउने पानीकाे धारा छ । उनिहरु पानी खाएर सडककाे छेउमा रहेकाे बाङ्गाे सल्लाेकाे मुनी बसेर सितल लिइरहेका हुन् ।

याे बेला बिहानकाे करिब १० बजेकाे थियाे । सडक घुम्ती छ । थारमारेबाट लु २ च ५७०१ नम्बरको भरत बेकरी डेरीकाे डबल क्याप स्कार्पियाे हुइकिएर आउँछ ।

यसरी तिव्र गतिमा आएकाे गाडीलाइ चालकले नियन्त्रणमा लिन सक्दैनन् । अन्तत सडक छेउमा बसेका पाँच जना छात्राहरूमा ठाेक्किएर १० मिटर तल खेतमा पुग्छ । तिव्र गतिमा आएकाे स्कार्पियाेले ठ’क्क’र दिँदा काेहि गाडीसँगै खेतमा पुग्छन् भने काेहि सडक छेउमै पछारिन्छन् । स्कार्पियाे भित्र अन्य यात्रुहरु पनि थिए । तर उनिहरु भने सकुशल छन् ।

दु’र्घटनामा परेका पाँच छात्रा मध्ये २ जनाकाे मृत्यु भएकाे छ भने ३ जनाकाे अहिले नेपालगन्जमा उपचार भैरहेकाे छ । मृत्यु हुनेमा रेखा बुढाथोकी र सुनिता नेपाली रहेका छन् । घाइते सुशीला नेपाली, मिना परियार र दिपा बुढाथोकीकाे उपचार भैरहेकाे छ ।

पाँचै जनालाइ उपचारका लागि नेपालगन्ज लिदै गर्दा २ जनाकाे बाटाेमै मृत्यु भएपछि उनिहरुकाे शव अहिले जिल्ला अस्पताल सल्यानमा ल्याइएकाे छ । यतिखेर बरला गाउँ शाे’कमा डुबेकाे छ । मृतक तथा घाइतेका आफन्तले दाेषिलाइ कडा कारबाही र उचित क्षतिपुर्तीकाे माग गर्दै दिउँसाेदेखि राप्ती राजमार्ग अवरुद्ध गरेका छन् । गाडी धनि सम्पर्कमा ल्याएर सहमति गर्ने प्रयास प्रहरीले गरेकाे जनाएकाे छ । स्रोत लेकाली अनलाइन बाट

 

 


Last Updated on: October 5th, 2021 at 2:50 pm
५५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया