मंगलबार १४ चैत्र २०७९

काठमाडौवाट विराटनगरका लागि उडेको बिमानमा समस्या आएपछि गरिएको छानविनको रिपोर्ट सार्वजनिक भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको बुद्ध एयरको विमान अवतरण नै नगरी फर्किएर काठमाडौँको आकाशमा करिब आधा घण्टा फन्को लगाएको थियो ।

विमानको ल्यान्डिङ गियरमा समस्या आएपछि क्याप्टेनले विराटनगर विमानस्थलमा अवतरण नगरेर काठमाडौ फर्काएका थिए । काठमाडौको आकासमा पनि करिब २ घण्टा फन्को लगाएपछि मात्र विमानस्थलमा अवतरण गरेको थियो । सो घटनामा छानबिन गर्न गठित समितिले क्याप्टेन एजी शेर्पासहितका क्रु मेम्बरको पनि कमजोरी औंल्याएको छ।

विमानमा ७३ यात्रुसहित ७७ जना थिए। बुद्ध एयरद्वारा क्याप्टेन अनन्त डंगोलको संयोजकत्वमा गठित छानबिन समितिले विमान उड्नुअघि क्रु मेम्बरले जहाजको ‘इन्डिकेटर’को संकेत याद नगरी उडान गर्दा समस्या आएको निष्कर्ष निकालेको छ।

ककपिटभित्र देखिएको इन्डिकेटरले समस्या रहेको संकेत देखाए पनि क्याप्टेनसहितका क्रु मेम्बरले वास्ता नगर्दा घटना भएको समितिको प्रतिवेदनमा उल्लेख छ। ‘बाहिरी सूचनामा बढी भर पर्दा समस्या आएको हो, इन्डिकेटरले पहिले नै संकेत गरेको देखिएको छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।


Last Updated on: October 6th, 2021 at 10:22 am
२१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया