मंगलबार ०९ आश्विन २०८०

काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एअरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ।

बुधबार बिहान ८ बजेर १ मिनेटमा त्रिभुवन विमानस्थलबाट सुर्खेका लागि यु ४-१३३ फ्लाइट नम्बरको जहाज उडेको थियो।

सवा ९ मा सुर्खेत पुगेको जहाज मौसम सामान्य नहुँदा अवतरण नभएको हो। भेरी नदीमाथि कुहिरो लागेपछि जहाज अवतरण गराउन नसकिएको बुद्ध एअर सुर्खेतका प्रमुख नरबहादुर बस्नेतले जानकारी दिए।

जहाजले सुर्खेतको आकाशमा ३ फन्को लगाएको थियो।

‘सुर्खेत उपत्यका छेउको मौसम राम्रो नभएपछि जहाज अवतरण हुन नसकेको हो, अवतरण गराउने प्रयास गरे पनि हुन सकेन,’ बस्नेतले भने, ‘नेपालगञ्जमा जहाज अवतरण भइसकेको छ, केही समयपछि सुर्खेत आउँछ।

जहाजमा ४६ जना यात्रु सवार छन्। ४ जना चालक दलका सदस्य रहेको उनले बताए।


Last Updated on: October 6th, 2021 at 10:56 am
५०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया