
मोरङ — भ्यानमा राखिएको अवस्थामा २८ वटा मानव ख,xप्प,xर र १० वटा हातखु,ट्टाको ह,xड्डी बरामद भएको छ। सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट सो संख्यामा ख,xप्प,xर र ह,xड्डी बरामद गरेको हो।
प्रहरी टोलीले मंगलबार रानीस्थित ढाटनजिक को२च ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शंका लागेर जाँच मानव ख,xप्प,xर र ह,xड्डी फेला परेको हो।
प्रहरीका अनुसार उक्त ह,ड्डी मानव ख,xप्प,xर र हातखुट्टाको ह,xड्डी भएको पुष्टि भएको छ। उक्त ख,xप्प,xर र ह,xड्डी कहाँबाट कसरी आयो भनेर अनुसन्धान भइरहेको बताइएको छ।
थप कारबाहीका लागि ती ख,xप्प,xर, ह,xड्डी र भ्यान इलाका प्रहरी रानीमा बुझाइएको सशस्त्रले जनाएको छ।
धवलागिरि हिमालका प्रथम आरोही महिला पूर्णिमा श्रेष्ठलाई मङ्गलबार पोखरामा ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) पोखराले सम्मान गरेको छ । नेपाली आरोही महिलाले आठ हजार १६७ मिटर अग्लो हिमाल आरोहण गरेर कीर्तिमान राख्न सफल भएको भन्दै उहाँहरुलाई सम्मान गरिएको टान पश्चिमाञ्चलका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले जानकारी दिनुभयो ।
उहाँले कोरोना महामारीमा सुस्ताइरहेको पर्यटनलाई उठाउन पर्वतीय पर्यटनको पनि महत्पूर्ण भूमिका हुने जनाउँदै पूर्णिमा र पासाङ ल्हामु शेर्पाले साहस तथा लगावले अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको शिर ठाडो गराउन सफल भएको धारणा राख्नुभयो ।
सम्मानित आरोही पूर्णिमाले आरोहण आफैँमा चुनौतीपूर्ण काम भए पनि आफूले आत्मविश्वास र साहसका साथ धवलागिरि हिमाल आरोहण गर्न सफल भएको बताउनुभयो । कार्यक्रममा अर्की आरोही पासाङ ल्हामु अस्वस्थ भएका कारणले कार्यक्रममा उपस्थित हुन सक्नुभएन ।
सेभेन समिट ट्रेकिङ कम्पनीबाट दुवै जना यही असोज २ गते आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्न सफल हुनुभएको थियो । फोटो पत्रकारसमेत रहनुभएकी पूर्णिमाले यसअघि सन् २०१८ मा सगरमाथा, सन् २०१७ मा मनास्लु र २०१९ मा आमाडब्बलम तथा सन् २०२१ मा अन्नपूर्ण हिमालसँगै धवलागिरि हिमाल पनि आरोहण गर्न सफल हुनुभयो । टान पश्चिमाञ्चलको सचिवालयमा संस्थाका पदाधिकारी र सदस्यको उपथितिमा आयोजित सम्मान कार्यक्रम सम्पन्न गरेको संस्थाका सचिव मिलन तिवारी जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस