सोमबार १८ मंसिर २०८०

दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्था रुथ प्रभुले चार वर्षको वैवाहिक सम्बन्धलाई टुंग्याए पनि उनीहरुको सम्बन्धमा टुंगिनुमा नयाँ कारणहरु बाहिर आइरहेका छन् । दुई महिनाअघिदेखि नै यो जोडीको सम्बन्ध बिग्रिरहेको खबर सार्वजनिक भइरहे पनि उनीहरुले यो विषयमा मुख खोलेका थिएनन् ।

गत सातामात्र उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिने निर्णय लिएका थिए । उनीहरुको सम्बन्धविच्छेदमा दुईवटा प्रमुख कारण मानिएको छ ।

पहिलो कुरा नागाको परिवारले सामन्थाले अभिनयलाई छोडेर पारिवारिक जीवन बिताउन दबाब दिइरहेका थिए । तर सामन्थाले यो कुरालाई मानेकी थिइनन् ।

सामन्था निकट स्रोतका अनुसार सामन्था पछिल्लो समय उनको फेसन डिजाइनर साथी प्रितम जुकालकरसँगको सम्बन्ध प्रगाढ बन्दै गइरहेको थियो । जुन कुरा उनको परिवारलाई पनि थाहा थियो । उनीहरुको सम्बन्धविच्छेद हुनुमा यसलाई प्रमुख कारण मानिएको छ ।

सामन्था र नागाको आज बुधबार चौथो वैवाहिक वार्षिकोत्सव हो । उनीहरुले सन् २०१७ को अक्टोबर ६ र ७ मा गोवामा परिवार तथा केही नजिकका साथीभाईमाझ विवाह गरेका थिए ।

सामन्था र नागा अलग्गिने निर्णय लिएपछि सामन्थाका पिता जोसेफले दुवैको निर्णयले आफ्नो दिमाग खाली भएको प्रतिक्रिया दिएका थिए । त्यस्तै नागाका अभिनेता पिता नागार्जुनले पनि छोराबुहारीको निर्णयले आफू ‘दुःखित’ बनेको बताएका थिए ।

बेनी सम्पर्कविहीन भएकोे ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ । घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ ९जङ्गबहादुर भनिने०को मङ्गलबारमात्रै आफन्तसँग भेट भएको हो ।

विसं २००३ मा जन्मिनुभएका गुरुङ सम्पर्कविहीन भएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुग्नुभएको खबर त्यतिबेला परिवारले पाएका थिए । त्यसपछि पनि उहाँ परिवारको सम्पर्कमा आउनुभएन । हालैमात्र स्थानीय युवाले सामाजिक सञ्जालमा गुरुङको तस्वीर राखेका र उहाँले बागलुङ, बेनी, तातोपानीको नाम लिएको जानकारी गराएका थिए । आफ्नो पुख्र्यौली थलो बेनी भएको र आफू त्यहाँ फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाइटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो ।

रेडक्रसअन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो । खोजीका क्रममा थामडाँडाबाट वर्षौँदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उहाँका आफन्तबीच टेलिफोनमा संवाद गराइएको थियो । आफन्तले झण्डै ६० वटा प्रश्नमार्फत आफन्तको नाम, तत्कालीन गाउँको अवस्था आदिबारे सोधेका प्रश्नमा उहाँले दिनुभएको जवाफले उहाँको यकिन गरेका थिए ।

कैलालीमा स्थानीय प्रतिष्ठित एक व्यक्तिको सहारामा बसोबास गर्दै आउनुभएका गुरुङ थामडाँडाका बलवीर गुरुङका हराएका माइला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उहाँका भाइका परिवारसँग मङ्गलबार पुनःमिलन भएको छ । गुरुङका भाइका छोरा शेरबहादुर र छोरी विसु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलाली पुगेर आफ्ना माइला बुबालाई उद्धार गरी ल्याएका हुन् ।

रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र अधिकृत धनञ्जयकुमार श्रेष्ठसहित रेडक्रसकर्मीको उपस्थितिमा गुरुङको पारिवारिक पुनःमिलन गराइएको थियो । ‘‘पचास वर्षभन्दा बढी समयदेखि परिवारबाट हराएका व्यक्तिलाई आफन्तको जिम्मा लगाइएको छ”, रेडक्रस म्याग्दीका सभापति हमालले भन्नुभयोे ।

साउन अन्तिम साता पूर्णानन्द पाण्डेले सामाजिक सञ्जालमा राखेको सन्देशका आधारमा खोजी गर्दै जाँदा असोज तेस्रो साता पारिवारिक पुनःमिलन भएको रेडक्रसले जनाएको छ । विभिन्न कारणले हराएका व्यक्तिको खोजी गर्ने काम रेडक्रसले गर्दै आए पनि विरलै यस्तो प्रकारको पुनःमिलन सम्भव हुने गरेको रेडक्रस म्याग्दीका शाखा अधिकृत श्रेष्ठले बताउनुभयो ।

घरबाट हराएपछि भाँैतारिएका गुरुङ तत्कालीन समयमा अत्तरियादेखि डडेल्धुराको महेन्द्र राजमार्गमा काम गर्दागर्दै ठेकेदारले पारिश्रमिक नदिएपछि पैदलै हिँडेर कैलालीको मस्यगाउँमा पुगेको गुरुङले बताउनुभयो । त्यहाँ पुगेपछि स्थानीयवासीसँग घुलमिल हुँदै स्थानीय एक जमिनदारको घरमा आश्रय लिएर जीविकोपार्जन गर्दै आउनुभएका उहाँले माछा मार्ने पेशा अँगाल्नुभएको थियो । उहाँलाई लिन पुगेका आफन्तलाई गाउँलेहरुले भव्य सम्मानसहित बिदाइ गरेका थिए ।

प्रतिकृया दिनुहोस

 

 


Last Updated on: October 6th, 2021 at 3:50 pm
३२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया